
पोखरा/पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बिहिबार तमझम थियो । चिनबाट एउटा अन्तर्राष्ट्रिय विमान पोखरामा अवतरण हुँदै थियो । जहाँ पोखराका कार्यवाहक मेयरदेखी पर्यटन व्यवसायि, बुद्धिजिवि समेत पुगेका थिए । पोखरा विमान अवतरण भएपनि त्यो विमानले पोखराबाट मान्छे बोकेर चिन भने जाने छैन त्यसका लागि काठमाडौं बाटै जानेछन् ।
पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल निर्माणपछि सञ्चालनमा आएको पनि २ वर्ष वितिसक्यो तर, नियमित अन्र्तराष्ट्रिय उडान हुन भने सकेको छैन् । पोखराको सदिगौ देखीको सपनाले सार्थकता पाउँदा अन्तर्राष्ट्रिय उडान नै नभएपछि निराशा छन् तर, पद र ओहोदामा रहेकाहरु भने चार्टर्ड गरेर आएकै विमानमा खुसी छन् ।
सिचुआन एयरलाईन्सले दोश्रो पटक चार्टर्ड फ्लाईट गरेको हो । चीनको कुनमिङ सहरबाट १३४ पर्यटक लिएर आएको सिचुआन एयरलाईन्सको एयर बस ३१९ चार्टर्ड विमान विहीबार अपराह्न २ः४० बजे पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । २०२३ जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा यसअघि ७ वटा अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाइट भइसकेका छन् । सिचुआनको यो पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा दोश्रो अन्र्तराष्ट्रिय फ्लाईट हो ।
यसअघि सोहि एयरलाईन्सले जनवरी २१, २०२३ मा पोखरामा पहिलो फ्लाईट गरेको थियो । त्यसअघि हिमालय एयरलाईन्सले जनवरी १, २०२३ मा डेमो फ्लाईट, भुटानको पारो अन्र्तराष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले सेप्टेम्बर ९, २०२३ मा र त्यसपछि नोभेम्बर ८ मा जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चिनका दुइवटा कार्गाे जहाज, तथा हिमालयन एयरलाइन्सले थप तीनवटा उडान पोखराका लागि गरेको थियो । त्यसपछि भने पोखरामा अन्र्तराष्ट्रिय उडान भएको थिएन ।
विहीबार भने पोखरामा यहि कात्तिक २४ गते हुने अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागी हुन आउने खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी लिएर सिचुआन एयरलाईन्स आएको हो । चीनबाट आएको सो जहाज करीब २ घण्टा पोखरा विमानस्थलमै रहेको थियो भने त्यसपछि ४ः१० बजे काठमाडौंको उडान भरेको थियो । यात्रु लिएर आएको सो विमान काठमाडौं फर्किदा भने रित्तै फर्कियो ।
काठमाडौं बाहिर अन्तर्राष्ट्रिय विमानस्थल दुइवटा छन् । एउटा पोखराकै र अर्को भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । भैरहवाबाट अन्तर्राष्ट्रिय नियमित उडान सुचारु भइसकेको छ । निमार्ण सम्पन्न भएको लामो समय सम्म अन्तर्राष्ट्रिय उडान भर्न नपाएर निकै चर्चामा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिले भने सार्थकता पाएको छ । काठमाडौँ बाहिर दुई ओटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि प्रयोगमा नआउँदा घाटामा चल्दै आएका थिए ।
भैरहवाबाट थाइ एयर एसिया, कुवेतको जजिरा एयरवेज र यूएईको फ्लाइ दुबईले नियमित उडान भर्ने तय हुँदा नेपाल एयरलाइन्स पनि त्यसमा थपिएको छ । नेपाल एयरलाइन्सले शुक्रबारदेखि नै भैरहवा–दुबई उडान गर्दैछ । नेपाल एयरलाइन्सले साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाडौँबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्नेछ । तर पोखरामा भने खाली चार्टर्डमै चित्त बुझाउन बाध्य भएको छ ।
बिहिबार चार्टर्ड उडान आउनु अघि पोखरामा हुन लागेको क्रस कन्ट्रि दौडको पत्रकार सम्मेलनमा पोखराबाट किन मान्छे बोकेर जादैन भन्ने प्रश्नमा विश्वशंकर पालिखेले चिनबाट आएको टोली पोखरालगायत विभिन्न ठाउँ घुम्ने र जाँदा आ–आफ्नो तरिकाले जाने सुनाए । पोखरा आएका खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी फर्किदा भने काठमाडौंहुँदै फर्किने उनले बताए । पोखराबाट काठमाडौंसम्मको यातायात व्यवस्था अन्र्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजकले गर्ने हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । उनले भने, ‘काठमाडौंसम्म पुग्ने व्यवस्था हामीले गर्नेछौं, त्यसपछि उहाँहरु आफूखुशी फर्किनुहुनेछ ।’
पर्यटन सम्बद्ध संघ संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी विहीबारको चार्टर्ड फ्लाईटले पोखरामा अन्र्तराष्ट्रिय उडान सम्भव छ भन्ने पुष्टि गरेको बताए । ‘१३४ यात्रु लिएर आएको जहाज अवतरण भयो । यसले पोखरामा अन्र्तराष्ट्रिय उडान गर्न सम्भव छ भन्ने प्रमाणित ग¥यो । तर नियमित उडान गर्न किन दिइरहेको छैन ? प्रश्न उठेको छ’ उनले भने । पोखरामा अन्र्तराष्ट्रिय उडान हुन नदिनु भनेको पोखरा र गण्डकी प्रदेशमाथिको उपेक्षा भएको उनको भनाइ छ ।
‘बवहीबारको उडानले हामी उत्साहित छौं तर नियमित नहुँदा उत्तिकै दुःखीपनि छौं’–उनले थपे । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलेपनि चार्टर्ड फ्लाईटले उत्साहित बनाएपनि नियमित उडान नहुँदा नैतिक दवाब सिर्जना भएको बताए । ‘नियमित उडान गर्ने हो भने पोखरामा पर्यटक ह्वात्तै बढ्छ । जसले अर्थतन्त्रपनि चलायमान गराउँछ’ उनले भने ।





