मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

ढोरपाटनमा जिप दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु

ढोरपाटनमा जिप दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८१, शुक्रबार

बागलुङ / ढोरपाटन नगरपालिकामा धान लिएर आएको जिप दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-३ को टारीबान्द्रे भीरबाट बोलेरो जिप खस्दा चालकको मृत्यु भएको छ । लु १ च ६९३८ नम्बरको जिप ५ सय मिटर तल खस्दा चालक ढोरपाटन-३ पुर्कोटका ३६ वर्षीय किसान बिकको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार बेलुकी ८ बजे जिप दुर्घटना भएको खबर ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले प्रहरीमा गरेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक आनन्द बस्नेत नेतृत्व टोलीले घटनास्थलको उद्धार गरेको थियो । घटनाबारे थप खोजी भैरहेको बस्नेतले जानकारी दिए । जिपमा चालक मात्र भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->