बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गौतम बुद्ध विमानस्थल भैरहवामा जजिराको विमान अवतरण

गौतम बुद्ध विमानस्थल भैरहवामा जजिराको विमान अवतरण

आजदेखि ४ विमान कम्पनीले उडान भर्ने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८१, शनिबार

भैरहवा / केही समययता उडान रोकेको जजिरा एयवरेवजको शनिबार आफ्नो विमान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । ०७९ जेठ २ मा जजिराले यहाँबाट पहिलो उडान भरेपनि बीचमा विभिन्न कारण देखाउँदै रोकेको थियो । शनिबार विमानले पूरै सिट क्षमतामा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो । जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ । आज नै जजिरासहित तीन विमान कम्पनीले यहाँबाट उडान भर्नेछन् ।

निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आईपुगेको जजीरा एयरको विमानलाई ‘वाटर स्यालुट’ दिँदै विमानस्थलको दमकल । तस्बिर: राधेश्याम विश्वकर्मा

योसँगै गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ । साथै थाई एयर एसियाले शुक्रबार दोस्रोपटक भैरहवाबाट बैंकक उडान सञ्चालन गरेको छ । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो ।कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान गर्नेगरी उडान अनुमति लिएको छ ।

गौतमबुद्ध विमानस्थलमा छिट्टै कतार एयरले पनि उडान सञ्चालन गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक तिवारीका अनुसार विमानस्थलबाट पहिलोपटक आज अहिलेसम्मकै धेरै तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->