पोखरा/पोखरा महानगरपालिका वडा नं १९ घार्मीका एक युवा एक सातादेखि बेपत्ता भएका छन् । घार्मीका ३३ वर्षिय विरेन्द्र विश्वकर्मा तिहारको भाइटिकाको दिन साँझदेखि वेपत्ता भएको पारिवारिकले जनाएको छ ।
साँझ लामाचौर चोकबाट हराएका उनको हालसम्म पनि अवस्था पत्ता लाग्न सकेको छैन । छोरा हराएदेखि आइत बहादुर र सुनकुमारीको परिवार चिन्तामा परेको छ । हराएकै दिनदेखि छरछिमेक, इष्टमित्र जहाँतहिँ खोजी गर्दा पनि नभेटिएपछि वडा कार्यालयमा समेत निवेदन दिईएको र वडा प्रहरी कार्यालय बगरमा पनि जानकारी गराईएको आमा सुनकुमारी विस्वकर्माले बताईन् ।
परिवार र छरछिमेकीले पोखराका विभिन्न ठाउँमा खोजिरहेको र प्रहरीले पनि खोजीकार्य तिव्र बनाए पनि युवकको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको छिमेकी हिमलाल पौडेल अभिषेकले जानकारी दिए । नियमित रूपले औषधी सेवन गर्दै आइरहेका ति युवाको मानसिक स्वास्थ्यमा समस्या रहेको बताईएको छ ।
गहुँगोरो वर्णका, चेक सटमा रातो ज्याकेट र कालो टाउजर लगाएका ति युवालाई देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८२९१५८६२६ मा वा वडा कार्यालयमा खबर गरिदिन परिवार र वडा कार्यालयले आग्रह गरेको छ ।





