बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लेखनाथ जेसीजको सप्ताह सुरु

लेखनाथ जेसीजको सप्ताह सुरु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८१, आइतबार

पोखरा/लेखनाथ जेसीजले शुक्रबारदेखि यस वर्षको जेसीज सप्ताह–२०२४ सुरु गरेको छ ।
हरेक वर्ष नयाँ नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले जुनियर जेसीजको सहकार्यमा कात्तिक २३ देखि २७ गते सम्म सप्ताहव्यापि कार्यक्रमसहित जेसीज सप्ताह सुरु गरेको हो ।
जेसीज सप्ताहको पहिलो दिन पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले लेखनाथ जेसीजको सचिवालय पोखरा २७ को तालचोक परिसरमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तलन गरि जेसीज सप्ताहको शुुभारम्भ गरेका हुन् ।
लेखनाथ जेसीजका अध्यक्ष प्रकाश राइभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसीजका पूर्वअध्यक्ष नविनप्रसाद बास्तोला,ऋषिराम जमरकटेल,सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनाल,लायन्स क्लव नेचर टाउनका अध्यक्ष बुद्धिराज सुवेदी,जुनियर जेसीजका एरिया बी संयोजक सन्दर्भ खनालगायतले सामाजिक क्षेत्रमा जेसीजले गरेका कामबारे चर्चा गरेका थिए ।
जेसीज सप्ताहअन्तर्गत ट्राफिक सचेतना तथा निशुल्क चालक÷सह चालकको स्वास्थ्य परीक्षण, निशुल्क पोशाक वितारण, स्लो वाइक रेस, नेतृत्व विकास तथा प्रतिवेदन लेखन, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता र अन्तिम दिन पुरस्कार वितरण तथा समापन कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->