बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कांग्रेस गण्डकीले सम्झ्यो सुवर्ण समसेर र गणेशमानलाई

कांग्रेस गण्डकीले सम्झ्यो सुवर्ण समसेर र गणेशमानलाई


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०८१, आइतबार

पोखरा/बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशको आयोजनामा शनिबार कांग्रेस नेताहरु सुवर्ण समसेर र गणेशमान सिंहको स्मरण गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकीका अध्यक्ष शुक्रराज शर्माले सुवर्ण र गणेशमानले नेपाली कांग्रेसकोविरासतलाई वचाउन दिएको योगदानको स्मरण गरे ।
स्थापनाकालीन आदर्शलाई व्यवस्थापनमा उतार्दै अगाडि बढेमा कांग्रेस कसैसँग झुक्नु नपर्ने र सधैं जनताको विश्वास जित्न सकिने शर्माको भनाइ थियो । उनले राष्ट्र जोगाउनको लागि प्रजातन्त्र आवश्यक रहेको उल्लेख गर्दै अगाडि भने,‘ प्रजातन्त्र नमान्नेहरु कुनैपनि समयमा विस्तापित हुने र हिजोको समयमा पनि विस्तापित हुँदै गएका छन् । नेपालमा मात्रै नभइविश्वमा नै प्रजातन्त्र आवश्यक छ ।’
त्यसैगरी उपसभापति मेखलाल श्रेष्ठले सुवर्ण समसेरलेको पार्टी र राष्ट्रलाई गरेको आर्थिक योगदान र गणेशमानले प्रधानमन्त्री त्याग गरी संविधान प्राप्त हुनुमा ठूलो त्याग गरेको बताए । महामन्त्री विष्णुप्रसाद लामिछानेले अग्रज नेताहरुको त्याग र वलिदानीको उच्च कदर गर्दै स्मरण गरेका थिए ।
पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक होमनाथ पौडेलले नेपाली कांग्रेस, प्रजातान्त्रिक, समाजवादी, आर्थिक नीति र संस्थापक नेता सुवर्ण समसेरको विषयमा जानकारी गराएका थिए भने प्रा.डा. वेदनाथ शर्माले नेपाली कांग्रेसः राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र गणेशमान सिंहको विषयमा जानकारी गराएका थिए ।
पुस्तकालय तथा अध्यक्ष माधवप्रसाद बास्तोला (मधु)लेस्वागत गर्दै कार्यक्रम बारे प्रकाश पारेका थिए । बास्तोलाले नेपाली कांग्रेसका संस्थापक नेताद्वय सुवर्ण शमशेरको ४३ औं स्मृति दिवस र लौहपुरुष गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा विचार गोष्ठी गरिएको जानकारी गराए ।
बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका सदस्य कमल सापकोटाको सञ्चालन गरेको कार्यक्रम कोषाध्यक्ष तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य शिरोमणि बरालले समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->