बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ज्येष्ठ नागरिक, क्यान्सर र मृगौला पीडितलालाई भाडामा ५० प्रतिशत छुट

ज्येष्ठ नागरिक, क्यान्सर र मृगौला पीडितलालाई भाडामा ५० प्रतिशत छुट


  • Dhorpatan News
  • कार्तिक २५ २०८१, आइतबार

बागलुङ-जिल्लाको जैमिनी नगरपालिकाको कुश्मीशेराबाट सदरमुकामलगायत ग्रामीण क्षेत्रमा गुड्ने सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिक, मृगौला र क्यान्सर पीडितहरुले ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । कुश्मीशेराका युवा व्यवसायी अशोक आचार्यले वर्षा ट्रेडर्सका नामबाट सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन् । शनिबारदेखि यो नियम लागू भएको आचार्यले बताए ।

उनले ग्रामिण क्षेत्रमा चलाईरहेका सवारी साधनमा जेष्ठ नागरिकको सम्मानका लागि छुटको व्यवस्था गरेको बताए । मृगौला र क्यान्सर पीडितहरुका लागि समेत सामाजिक उत्तरदायित्व बहन गर्दै तोकिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको आचार्यले बताए । ग्रामिण क्षेत्रमा सञ्चालनमा रहेका साना सवारी साधनको भाडादर महंगो भएको गुनासो व्यापक भैरहेका बेला आचार्यले भाडा छुट गर्न लागेका हुन् ।

जेष्ठ नागरिक र दिर्घरोगीका लागि आफ्ना सवारीसाधनमा सिट सुरक्षित राख्ने पनि उनले बताए । यातायातमा ५० प्रतिशत छुटले जेष्ठ नागरिक र दीर्घरोगीलाई राहत मिल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->