लेखनाथ/पोखरा महानगरपालिका वडा नं २६ मा रहेको अर्धौ कृषि सहकारी संस्थाले सेयर सदस्यलाई आय आर्जनमा जोड्नका लागि कृषि उत्पादनमा जोड दिने भएको छ ।
कृषि नै नेपालको मुख्य आधार भएकाले सके ब्यवसायि बन्ने र नसके आफूलाई आवश्यक पर्ने कृृषि उत्पादनमा आत्मनिर्भर हुनका लागि सहकारीले सेयर सदस्यहरुका लागि सहुलित दरमा ऋण प्रवाहदेखि प्राविधिक ज्ञान, मल विउ वितरणदेखि कृषि अनुसन्धान केन्द्रहरुको अध्यान अवलोक गर्ने योजनालाई अगाडी सारेको हो ।
संस्थाको १४ औं वार्षिक साधरण सभाको सभाको उद्घाटन गर्दै सस्था जष्ठ सदस्य चन्द्रगोपाल श्रेष्ठले सेयर सदस्यले सहकारीमा लगानी गरेको छु भनेर ढुक्क भएर वस्दा सहकारीको क्षेत्रमा समस्य देखा परेकाले स्वयम सेयर सदस्यहरु सचेत र सहकारीको आर्थीक अवस्थाबारेमा जानकारी लिइरहनुपर्ने सुझाव राखेका थिए । साथै उनले सहकारीले आर्थिक जागरण ल्याउने काम गरेको बताउदै पैसा आवश्यक परेकाहरुलाई गर्जो टाने काममा सहकारी सहयोगी सस्था भएको बताएका थिए ।
त्यसै गरी सोही कार्यक्रममा सहकारीका सस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल,सल्लाहकार नारायणदत्त बस्ताकोटी, कुशलबाबु लामिछाने, सेयर सदस्य वेदप्रसाद बस्ताकोटी र कानुनी सल्लाहका लेखनाथ सापकोटा लगायतले सहकारीले गाउँ गाउँमा वित्तीय साक्षरता जगाउन सहयोग पु¥याएकाले सस्थाले दिएका सेवा सुविधाको भरभुर तरिकाले उपभोग गर्न आग्रह गरेका थिए ।
सोही अवसरमा सहकारीका जेष्ठ सदस्य निलश्री पुन मगर र विष्णुप्रसाद पौडेललाई सम्मान गरेको थियो भने सस्थाका कोषाध्यक्ष चन्द्रकान्त पौडेलले आर्थीक प्रतिवेदन, लेखा समितिका संयोजक शेखरनाथ लामिछानेले लेखा प्रतिवेदन र ऋण लगानी उप समितिका संयोजक रेवतीरमण वस्ताकोटीले सहकारीको वस्तु स्थितीका वारेमा जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरिबहादुर लामिछाने र स्वागत मन्तव्य उपाध्यक्ष पार्वती सिग्देलले गरेकी थिईन ।





