आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कुवेतविरुद्व नेपालको सानदार जित

कुवेतविरुद्व नेपालको सानदार जित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८१, मंगलबार

काठमाडौं/यूएईमा जारी यू–१९ महिला टी २० विश्वकप छनोटमा नेपालले चौंथो जित निकालेको छ । कुवेतलाई निरिह बनाउँदै नेपालले १६५ रनको जित दर्ता गरेको हो ।
नेपाललाई विशाल जित दिलाउन कप्तान पूजा महतोले बलिङ र ब्याटिङमा शानदार प्रदर्शन गरिन् ।
उनले ६९ बलमा अविजित १३० रन बनाएपछि नेपालले २१३ रनको पहाड खडा गरेको थियो । बलिङमा पनि चम्किएकी पूजाले ५ विकेट लिएपछि कुवेत ४८ रनमा नै अलआउट भयो । पूजाले ४ ओभरमा केवल ८ रन खर्चिएकी थिइन् । कुवेतकी जीफा जिलानीले संघर्ष गर्दै ३६ रन बनाइन् ।
नेपाललाई विश्वकपमा पुग्न बुधबार हुने अन्तिम खेलमा युएईविरुद्ध फराकिलो जितको आवश्यक पर्नेछ। युएई अपराजित रहँदै चार खेलबाट आठ अंक जोड्दै शीर्ष स्थानमा छ ।
एक खेल बढी खेलेको नेपालको आठ अंक छ । यद्यपि, युएईले थाइल्यान्ड र नेपालसँग खेल्न बाँकी छ । युएई नेटरन रेटमा पनि नेपालभन्दा बलियो स्थितिमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->