आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कर्मचारी परिचालनमा देखिएका समस्या समाधान गर्न पोखरा महानगरले बनायो ९ सदस्यीय सुझाव समिति

कर्मचारी परिचालनमा देखिएका समस्या समाधान गर्न पोखरा महानगरले बनायो ९ सदस्यीय सुझाव समिति


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८१, बुधबार

पोखरा / पोखरा महानगरपालिकाले कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएको समस्या समाधानका गर्न महानगरका प्रवक्ता वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । नगरप्रमुख स्तरीय निर्णयले बुधवार तिम्सिनाको अध्यक्षतामा ९ सदस्यीय सहजीकरण समिति गठन गरिएको हो ।

समितिको सदस्यमा वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, १३ का वडाध्यक्ष किरण बराल, १५ का वडाध्यक्ष तोरण बानिया र नगर सभा सदस्यहरू विनोद लामिछाने, रामचन्द्र आचार्य, कृष्णकुमारी पौडेल र डाल्डादेवि भुजेल छन् । समितिलाई कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा ३ दिन भित्र समस्या समाधानको उपाय सहितको सुझाव पेस गर्न तथा सहजीकरण गर्न कार्यादेश दिईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->