बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मेयरको निर्णयविरुद्ध पोखरा महानगरमा एमालेको नाराबाजी

मेयरको निर्णयविरुद्ध पोखरा महानगरमा एमालेको नाराबाजी

वडा नम्बर १३ का कांग्रेसका वडाध्यक्ष बरालको पनि आपत्ति


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८१, बुधबार

पोखरा / पोखरा महानगरपालिकाले कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएका समस्या समाधानका लागि समिति गठन गरेपछि एमालेले विरोध जनाएको छ । नगरप्रमुख स्तरीय निर्णयले समिति बनाए पनि एमालेका जनप्रतिनिधीले सो निर्णयको विरोधमा महानगरपालिकाको कार्यालयमा नाराबाजी गरिरहेका छन् । मेयरको निर्णयमा समितिका सदस्य रहेका कांग्रेसका वडाध्यक्षले पनि आपत्ति जनाएका छन् ।

मेयर आचार्यको एकलौंटी निर्णय नमान्ने भन्दै एममालेका जनप्रतिनिधिले विशेष नगर सभाकै माग गरिरहेका छन् । ३७ औं कार्यपालिका बैठकले करारमा रहेका २८ जना प्राविधिक हटाउने निर्णय गरेपछि एमालेका जनप्रतिनिधीले विभिन्न माग राखेर आन्दोलन गर्दै आइरहेका छन् ।

कुनै छलफल नगरी आफुलाई सदस्यमा राखिएको भन्दै वडा नम्बर १३ वडाध्यक्ष किरण बरालले पनि आपत्ति जनाएका छन् । ३७ औं कार्यपालिका बैठकबाट बहुमतले निर्णय भएको विषयमा फेरि समिति बनाउनु जायज नभएको बरालले बताए । ‘२५ औं कार्यपालिका बैठकको निर्णयलाई टेकेर ३७ औं कार्यपालिका बैठकबाट बहुमतले निर्णय गरेको विषयमा समिति बनाउन कसरी मिल्छ ?’ वडाध्यक्ष बरालले भने, ‘नियमसंगत भएको निर्णय आफैंले उल्ट्याउने काम कसैले गर्छ ? समितिको सदस्य राख्नुअघि एक पटक सोध्नु पर्छ कि पर्दैन ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->