बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखराबाट जुवातास खेल्ने ७ जना पक्राउ

पोखराबाट जुवातास खेल्ने ७ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८१, बुधबार

पोखरा/ जुवातास खेलिरहेका ७ जनालाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१६ दीप बस्ने ४० वर्षीय कृष्ण गुरुङ, ३८ वर्षकी जुनिता भट्टचन, अमरदिप बस्ने वर्ष ४५ की गौमाया गुरुङ, पोखरा–८ सिमलचौर बस्ने ६४ वर्षीय गौमान गुरुङ, ४८ वर्षकी रुपा गुरुङ, पोखरा–१३ पाटनबेंशी बस्ने ४० वर्षका हेमजार गुरुङ र पोखरा–२७ अर्घौचोकका ४६ वर्षीय बुद्धीबहादुर गुरुङ रहेका छन् ।

मंगलबार अपरान्ह ४ बजेको समयमा अमरदीपस्थित गौमाया गुरुङले आफ्नै घरको कोठाभित्र जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले जुवातास खेलिरहेका उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले बताए ।

पक्राउ परेकाको साथबाट नगद १ लाख १२ हजार ९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । हारजित हुनेगरी जुवातास खेलिरहेको हुँदा निजहरूलाई नियन्त्रणमा लिई सार्बजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन १० दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->