बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आन्तरिक राजस्व कार्यालयले कर दिवस तथा कर सप्ताह मनाउने

आन्तरिक राजस्व कार्यालयले कर दिवस तथा कर सप्ताह मनाउने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८१, बिहिबार

पोखरा/  आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्‍ताहव्यापी कर दिवस मनाउने भएको छ। ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २ण्ड१ मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो।

मंसिर १ गते विहान ७स्३० बजे पोखरा सभागृहदेखि सृजनाचोक हुँदै रत्‍नचोक आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरि गरी राष्ट्रिय कर दिवस २ण्ड१ को शुभकामना आदानप्रदान कार्यक्रम हुने छ। यसै गरी मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । मंसिर २ गतेदेखि मंसिर ६ गतेसम्म वस्तुगत संघसंगठनसँग अन्तरक्रिया, कर सम्बन्धि प्रशिक्षण कार्यक्रम र संचार माध्यममा अन्तरसम्बाद कार्यक्रम हुनेछन्। मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा उत्कृष्ट करदातालाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी राष्ट्रिय कर दिवस समापन कार्यक्रम हुनेछ ।

आर्थिक ऐन, द्दण्डज्ञ ले गरेका व्यवस्था र छुट सुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम आयोजना गरिने कार्यालयले जनाएको छ । आर्थिक ऐन, द्दण्डज्ञ ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आ।व। द्दण्ठढरण्डण् सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्यअभिबृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्त सम्म छुट सुविधा दिने व्यवस्था गरेको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->