बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गणेश हिमाल आधार शिविरमा अलपत्रलाई २७ घण्टापछि उद्धार

गणेश हिमाल आधार शिविरमा अलपत्रलाई २७ घण्टापछि उद्धार


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८१, बिहिबार

काठमाडौं / गणेश हिमालको आधार शिविरतर्फ जाँदै गर्दा बीच बाटोमै बिरामी परेर अलपत्र परेकाहरुलाई आज उद्धार गरिएको छ । टोलीका तीन सदस्यलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । धादिङ प्रशासनले बुधबारै उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सफल हुन सकेको थिएन ।
पर्यटन प्रवर्द्धनका लागि भन्दै गणेश हिमाल आधार शिविर जाँदै गर्दा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य, प्राविधिक सहायक अनुसिया ढुंगानामा श्वासप्रश्वासको समस्या देखिएको थियो । आधार शिविर नपुग्दै आँखुखोला नजिक बिरामी परेपछि १६ जनाको टोली बीच बाटोमै रोकिएको थियो ।
उनीहरुको २७ घण्टापछि आज दिउँसो साढे १ बजे उद्धार भएको हो । बिरामी परेका सबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आज बिहानदेखि प्रयास गर्दा मौसममा सुधार आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरुको अहिले दिउँसो १:३० बजे उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->