वर्तमान समाजका विशेषता
–अनन्त जिज्ञासा, उत्सुकता, अध्यन, खोज र संघर्षबाट प्राप्त हुने नतिजामा प्रसन्न हुने र पुनः वृहत जिज्ञासामा जुट्ने तृष्णाबाट समाज विचलित हुदैछ ।
–पारिवारिक संरचनामा वदलाव आएको छ । पहिले पहिले जस्तो एउटा बालकलाई धेरैले हेरचाह गर्ने संभावना अहिले छैन । पुरानो पुस्ता र नयाँ पुस्तासँगै बस्ने क्रम पनि विस्तारै हराउँदैछ ।
–खाना, पहिरन, पेशा र मनोरञ्जनका माध्यमहरुमा विविधता आएको छ ।
–आपसी सहयोग कम र आपसी रिसराग तथा प्रतिस्पर्धा बढी छ ।
–आफ्नो सार्थक जीवन, जिवनका वदलामा नवजिवनको सृष्टि र लालनपालन, जिवित अभिभावकको संरक्षण, दिगम्वत आफन्त आत्मको मोक्ष तथा असल पुर्नजन्म समेतको कर्तव्य ज्ञानले प्रेरित संस्कारी समाजको अपेक्षा टाढिएको छ ।
आत्महत्याका घटना बढ्नुको कारणहरु
शरीर र स्वास्थ्यसँग सम्वन्धित कारण
–स्वास्थ्य कमजोर हुनु÷वंशाणुगत कारण/Brain chemical fluctuation
–हर्मोनमा हुने उतारचढाव
–मेनोपोजको अगाडिको अवधिमा चिन्ता बढेर जाने
–मानसिक स्वास्थ्यलाई प्राथमिकता नदिने, समस्याहरू लुकाउने प्रवृत्ति
आर्थिक सामाजिक कारण
–आर्थिक अभाव, अशिक्षा, गरिबी र घरेलु हिंसा वा पारिवारीक कलह, सामाजिक लाञ्छना र प्रेममा असफलता ।
–आजका कतिपय शैक्षिक संस्थाहरूले युवाहरूको मानसिकतामा जित्नै पर्छ भन्ने धारणा भरिदिनु आत्महत्याको मुख्य कारण बन्न पुगेको छ जस्तो लाग्छ । अभिभावकहरूले पनि छोराछोरीलाई अरूसँग तुलना गर्ने, ‘मेरो उमेरमा मैले यस्तो गरेँ’ जस्ता टिप्पणीहरूले उनीहरूको मानसिकता विचलित गराउने काम गरिरहेका छन् ।
–अत्यन्त गरिबीमा जीवन गुजार्नुपर्ने, आधारभुत आवस्यकता पुर्तिको लागि आत्मसम्मान नै गुमाउनुपर्ने पारिबारिक हिंसा (खासमा पारिवारिक हिंसाको जननी पनि मुख्यतया आर्थिक नै हुने गर्छ) ।
–बेरोजगारी, आर्थिक समस्या, मानसिक तनाव, पारिवारिक विवाद, प्रेम सम्बन्धमा असफलता र सामाजिक दबाबजस्ता कारणहरू मुख्य छन् ।
–असफलता, अभाव, निरासा, घृणा एवं सबै प्रकारका दुव्र्यवहार नै आत्महत्याका लागि जिम्मेवार छन् । व्यक्ति स्वयंको कमजोर आत्मबलले त यसलाई मलजल गरेको पक्कै हो ।
–विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्नेमध्ये अधिकांशले रासायनिक विषादी प्रयोग गर्दछन् । रासायनिक विषादी नेपालमा सहजै पाइन्छ ।
मनोवैज्ञानिक कारण
–कोहि किन आफ्नो जीवन सिध्याउन चाहन्छ ? किनकी ऊ डिप्रेसनको सबैभन्दा माथिल्लो लेबलमा छ, मर्नु नै सबै कुराको समाधान हो भन्ने ठान्छ, ऊ ठान्छ कि उसलाई कसैले माया गर्दैन, आफ्नो भविष्य अन्धकार देख्छ । जस्तो बलात्कार पिडित नारी, कुनै कारणवस सामाजिक इज्जत गुमाएको पुरुष, जसको चेतना तथा ऊर्जाको स्तर अति नै तल्लो लेवलमा हुन्छ जसलाई मनोबिद वा मनोचिकित्सकको सहारा बिना साधारण जीवनमा फर्किन अति नै कठिन हुन्छ । जीवनको सार सकियो भन्ने मान्यता स्थापित हुन पुगेको अवस्था अत्यन्त जोखिमको अवस्था हो ।
–मानव जातिमा बाँच्ने लालसा सबैभन्दा बढी हुन्छ । किनकि मानिसमा प्राकृतिक तथा कृत्रिम दुबै प्रकारका प्रसन्नता र सुख भोग्ने मौका र महसुस गर्ने चेतना एवं सामथ्र्य हुन्छ भनिन्छ । यहीं मानव मात्रमा निहित अधिक सुखको लालसा तथा प्रबल सामथ्र्यलाई सन्तुलित तुल्याउने विधा आध्यात्म हो । जस्ले जन्मको महत्व र कर्तव्य ज्ञानको चेतना प्रदान गर्दछ । तर अहिलेको मानव समाज विशेषगरी आर्थिक तथा जैविक धरातलमा उभिएको छ । असन्तुलन वा विचलनलाई कानूनले मात्र निर्देशित तथा नियमन गर्न सक्छ भन्ने मान्यता असफल भएको छ ।
–फराकिलो संगत र सूचनाबाट प्रेरित असीमित आवश्यकता तथा सीमित स्रोत साधनको असन्तुलित परिस्थिति तथा मानसिकता ।
–मानसिक दुर्वलता नै हो कारण । बाहिरी आवरणमा आर्थिक, सामाजिक, महत्वकांक्षा र असफलता जस्ता विविध कारणहरू देखिएपनि कच्चा उमेरमा समस्यालाई बुझेर जुध्न सिकाउने पारिवारिक वातावरण नहुनु नै मुख्य कारण हो ।
आत्महत्याका घटना न्युनिकरणका उपायहरु
–खासगरी नयाँ पुस्ताका अधैर्य र चरम अपेक्षाले भरिएका युवाहरुलाई हारको महत्व, हारबाट सिक्न सकिने कुराहरू र जीवनका चुनौतीहरूलाई सहज रूपमा स्वीकार्न प्रेरित गर्नु जरुरी छ । शिक्षालयहरूको प्राथमिक तथा माध्यमिक तहका शिक्षक–शिक्षिकाहरूलाई नै जीवन पढाइको माध्यम मात्रै नभई जीवन जिउने तरिका हो भन्ने दृष्टिकोणले अभिमुखीकरण गराउनु पर्छ । जीवनमा अध्ययनबाहेक अनेक अवसरहरू छन् भन्ने जानकारी दिनु आवश्यक छ । फरक व्यक्तिहरूको फरक क्षमता हुन्छ, त्यसलाई चिन्दै आत्मविकासको मार्गमा अघि बढ्न सघाउनुपर्छ ।
–सकरात्मक सोँचको वृद्धि गर्दै गयो भने नकरात्मक विचारहरु क्रमशः घट्दै जान्छन् । एप्रिसियटिभ इन्क्वायरी जस्ता तालिमले पनि सकरात्मक चिन्तनलाई बढाउन सहयोगी हुन्छन् ।
–मानसिक समस्यामा छ भन्ने थाहा पाएपछि सोहीअनुसारका अनुकूल व्यवहार आफन्तजनले देखाउनुपर्दछ । माया प्रेम र सकारात्मक भरोसा जगाउन जरुरी हुन्छ ।
–मनमा आएको उतारचढाव सम्बन्धमा डायरीमा लेख्दै जानु पनि एउटा उपाय हुन सक्छ, यसलाई मोनोलग लेखन पनि भन्ने गरिन्छ । यो लेखाई पछि हेर्दा आफुमा आएको परिवर्तन थाहा पाउन काम लाग्छ । साथै, आफ्नो जीवनबारेको कुनै पुस्तक प्रकाशन गर्न पनि काम लाग्ने नै भयो ।
–समय भएको बेला, मोबाईल, ग्याजेटमा भन्दा परिवार साथीभाईसँग समय बिताउने, गफ गर्ने, कतै कोही निरास छ जस्तो लागे बोल्ने बोलाउने, समस्या बुझ्न खोज्ने ।
–भगवान श्रीकृष्णले भनेझैं, जित–हारको चिन्ता नगरी कर्ममा केन्द्रित हुन र फलको अपेक्षा नगर्नु पर्ने कुरा बुझाउनु आवश्यक छ ।
–आजका युवाहरूलाई हारको महत्व, हारबाट सिक्न सकिने कुराहरू र जीवनका चुनौतीहरूलाई सहज रूपमा स्वीकार्न प्रेरित गर्नु जरुरी छ । शिक्षालयहरूको प्राथमिक तथा माध्यमिक तहका शिक्षक–शिक्षिकाहरूलाई नै जीवन पढाइको माध्यम मात्रै नभई जीवन जिउने तरिका हो भन्ने दृष्टिकोणले अभिमुखीकरण गराउनु पर्छ । जीवनमा अध्ययनबाहेक अनेक अवसरहरू छन् भन्ने जानकारी दिनु आवश्यक छ । फरक व्यक्तिहरूको फरक क्षमता हुन्छ, त्यसलाई चिन्दै आत्मविकासको मार्गमा अघि बढ्न सघाउनुपर्छ ।
–मानसिक रुपमा अस्वस्थ व्यक्ति पहिचान गरेर सरकारले निशुल्क मनोवैज्ञानिकको पहुँच दिने र तिनीहरुलाई पुर्नस्थापित गर्नुपर्छ ।
–विद्यालय शिक्षामा मानसिक स्वास्थ्यको विषयलाई स्थान दिईनुपर्छ ।
–कमसेकम, बाल ताथा यूवा वर्गलाई हैसियत अनुसारको उपभोग भित्रको ‘जीवितचक्रका अमूल्य महसुस’का बारेमा हेक्का दिलाउन सके पनि केही गुन लाग्ने थियो ।
–मानसिक रोग सम्बन्धमा खूला छलफलको वातावरण जुनसुकै सामाजिक संस्था तथा संगठनहरुमा आवस्यक छ ।
–खानपानमा सुधार, स्क्रिनटाइम कम गर्दै जाने
–कुरा सुन्दिने र सुन्नेले disclose नगर्ने, व्यक्तिगत रुपमा व्यवहार गर्ने
–सुन्नेले पनि सचेत गराएको वा परामर्श दिएको विषय स्वीकार गर्ने
–योग अभ्यास, प्राणायम,Mindfulness लगायतका अभ्यास गर्ने
–आध्यात्मिक ज्ञानलाई समुदायस्तरमा फैलाउने, मेहनत गर्ने बानीको विकास गर्ने, मानसिक रोगको बारेमा सचेतना फैलाउने, मनोसामाजिक परामर्शलाई सुलभ र पहुँचयोग्य तुल्याउने, प्राकृतिक र जैविक जीवनशैलीतर्फ उन्मुख हुन प्रोत्साहन गर्ने, लागुपदार्थ दुव्र्यसन रोक्ने, सामाजिक व्यवहार सुधार गर्ने, यथार्थवादी दृष्टिकोणमा विश्वास गर्ने, रोजगारी विस्तार गर्ने, नैतिक समाजको विकास गर्ने, बढी महत्वाकांक्षा नराख्ने ।
–मान्छेहरुमा निराशापन धैर्यको कमि, महत्वकांक्षा बढेको छ । यो सबै मानसिक रोग हो, यस्को औषधि भनेको नै ध्यान भएकोले हरेक जनमानसमा ध्यान गर्ने बानी बसाल्नु पर्छ ।
–‘अध्यारो सित लड्ने होइन ज्योति जलाउनु पर्छ अध्यारो आफै मेटिन्छ’ समस्या त सधैं आइरहन्छ understanding को विकस हुनुपर्छ । त्यो भनेको ध्यानबाट मात्र आउँछ, त्यसैले ध्यान फैलाउनु पर्छ ।
–विविध दवाव झेलिरहेको व्यक्तिलाई सबैभन्दा बढि बुझ्नुपर्ने क्षमता परिवारको हुनु पर्दछ, तर परिवारनै दवाव दिने संस्था बनिदिँदा व्यक्ति निरास हुन्छ । खानपिन, शिक्षा, चेतना, शारीरिक क्रियाकलाप, व्यस्तता, योगा, ध्यान र ईश्वरप्रतिको अटुट आस्थाले धैर्यको दायरा फराकिलो बनाउँछ ।
–आफूले आफूलाई नचिनेकाले हो । त्यसैले आत्मवोधको अनुभव गराउने शिक्षा चाहियो । अरू कुनै उपाय छैन ।
–आत्महत्या धेरैजसो अवस्थामा मानसिक स्वास्थ्य समस्याहरूसँग सम्बन्धित हुन्छ, जसलाई समयमै पहिचान गरेर सहयोग गर्न सकियो भने धेरै जनाको जीवन बचाउन सकिन्छ । परिवार, साथीभाइ र समुदायका सदस्यहरूले एकअर्कालाई खुलेर सुन्ने, साथ दिने र हौसला दिन सकियो र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गरेर आवश्यक परामर्श तथा सहयोगलाई सहज र प्रभावकारी बनाउन जरुरी छ ।
–यसलाई रोक्न मानसिक स्वास्थ्य सेवाको पहुँच बढाउन, विद्यालय र समुदायमा जनचेतना कार्यक्रम सञ्चालन गर्न, परिवार र साथीभाइबिच सहयोगी वातावरण निर्माण गर्न, आर्थिक अवसर सिर्जना गर्न र सामाजिक मूल्यमा परिवर्तन गर्न जरुरी छ । समाजमा समस्या र संघर्षलाई खुलस्त रूपमा स्वीकार गर्दै समाधान खोज्न प्रेरित गर्ने वातावरण बनाउन सके आत्महत्याको दर घटाउन मद्दत पुग्छ ।
–पीडितको आत्मबल बढाउनको लागि पीडितको कुरा ध्यानपूर्वक सुनिदिने, सकारात्मक सोच राख्ने, विभिन्न अभ्यासमा सहभागी हुने, बारम्बार आत्महत्याको सोच आउन थालेमा सम्बन्धित मनोपरामर्शसँग परामर्श लिने ।
मनोविश्लेषक खिमा रिजाल
–व्यक्तिको भावना ब्यक्त गर्न दिनुपर्छ ।
–कुराकानीका क्रममा उसको सोच मात्रै हो कि योजना, मेथड, समय तोक्ने अवस्थामा पुगेको छ त्यो आधारमा मनोचिकित्सककहाँ पठाउनुपर्दछ ।
–व्यक्तिले साह्रै निरासाजनक कुराहरू गरेको भए उसलाई निगरानी गर्नुपर्दछ ।
–बोल्दा अरुलाई पिन्च हुने कुरा गर्नुहुँदैन ।
–आत्महत्या आपतकालीन मानवीय अवस्था वा सिकिस्त मानसिक अवस्था हो । त्यसैले सामाजिक लाञ्छना लगाउनु हुँदैन । आपतकालिन अवस्थामा यहाँले जसरी उद्दार गर्नुभएको थियो त्यसैगरी यो अवस्थामा पनि जीवन बचाउन उद्दार गर्नु जरुरी हुन्छ ।
–समुदाय तहमा सचेतनाको कार्यक्रम गर्दै जानु पर्दछ ।
–जीवन अनमोल छ, समस्यासँग जुध्दै जाने हो भन्ने महशूस गरानुपर्दछ ।
वेद खनाल
–लक्षित समूह पहिचान, उनीहरूका समस्या संकलन, सम्बोधन कार्यक्रम विकास, उनीहरूसम्म नियमित पहुँच र निरन्तर सम्बोधनका लागि लगानीका क्षेत्रहरू हुन सक्छन् ।
–मानसिक रोग लागेका व्यक्तिमा माया प्रेम र सकारात्मक भरोसा जगाउन जरुरी हुन्छ ।
भानु शर्मा
विचारले नै सबैकुरा निर्धारण गर्छ । कुनै घटना वा परिवेशलाई कसरी लिने वा बुझ्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । घटनाले होइन त्यस पछि गर्ने हाम्रो विचारले मानिसलाई कता पुर्याउँछ भन्ने निर्धारण गर्छ । घटनापछि गरिने सकारात्मक विचारले नयाँ खोज र प्रेरणा पैदा गर्छ, त्यसको विपरित नकारात्मक विचारले मानसिक समस्या उत्पन्न गराउँछ । त्यो समस्यालाई समयमा नै समाधान गर्न व्यक्तीले घटनाले मलाई दुखी बनाएको होइन त्यसपछि मेरो मनमा आएको नकारात्मक विचारले दुखी बनाएको रहेछ भन्ने मात्र बुझाउन सकियो भनेपनि धेरै आत्महत्या रोकिन्छन् । मानसिक समस्या बढ्दै जाँदा जीवनदेखि नै निरास हुँदै अधिकांस मानिस आत्महत्या गर्न पुग्छन् ।
सामान्य उदाहरणः परिक्षामा फेल हुने विद्यार्थीले नकारात्मक सोचाइ राख्यो भने जीवन अन्धाकार देख्छ, त्यो मात्रा बढ्दै जाँदा आत्महत्यासम्म पुग्न सक्छ, अब अर्को पाटोबाट हेरौः एक पटक फेल हुदैमा केही फरक पर्दैन, अर्को पटक धेरै पढेर पहिलो हुने बाटो खुल्यो वा स्कुले कोर्शमा फेल भएपनि अरु कुनै मेरो रुचि र क्षमताको भरपुर प्रयोग गरेर संसारकै महान व्यक्ती बन्ने बाटो कस्ले रोक्न सक्छ ? भन्ने दृढ विचार लियो भने मान्छे कहाँबाट कहाँ पुग्ला । एकै घटनामा गरिने दुई विचारले कहाँ कहाँ पुरयाउँछ विचार गरौं ।
पूर्वसचिव मधुसुदन अधिकारी
तत्काल गर्नुपर्ने
स्थानीय अगुवाहरू, धार्मिक संस्था, र समाजसेवीहरूको संलग्नतामा विभिन्न समुदायमा आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रमहरू आयोजना गर्ने ताकि समाजमा मानसिक स्वास्थ्य समस्या र आत्महत्याबारे खुला रूपमा छलफल गर्न सकियोस् ।
सरकारी एवम् परोपकारी संस्थाको सहकार्यमा २४ सै घण्टा उपलब्ध हुने आत्महत्या रोकथाम हेल्पलाइनहरू सञ्चालन गर्नु आवश्यक छ । साथै, तुरुन्तै उपलब्ध हुने मनोविमर्श सेवा प्रदान गर्ने व्यवस्था गर्नुपर्छ ।
दीर्घकालीन रुपमा गर्नुपर्ने
बेरोजगारी, गरिबी र आर्थिक समस्याले गर्दा पनि धेरै व्यक्तिहरूमा मानसिक तनाव बढ्न सक्छ । यसलाई समाधान गर्न रोजगारीका अवसरहरू सिर्जना गर्नु, गरिबी निवारणमा ध्यान दिनु तथा आर्थिक समस्यामा परेकाहरूलाई सामाजिक सुरक्षा कार्यक्रमको पहुँचमा ल्याउनुपर्छ ।
विद्यालय तथा कलेज स्तरमै मानसिक स्वास्थ्यबारे जागरुकता बढाउने पाठ्यक्रम समावेश गरिनुपर्छ । यसले विद्यार्थी र शिक्षकहरूलाई मानसिक स्वास्थ्य समस्याहरू चिन्न र समयमै सहयोग गर्न सक्षम बनाउँछ । ग्रामीण र दुर्गम क्षेत्रमा मानसिक स्वास्थ्य सेवाहरूको पहुँच अभावले गर्दा धेरै व्यक्तिहरू उपचार पाउनबाट बञ्चित भइरहेका छन् । यसलाई सम्बोधन गर्न, सरकारले स्वास्थ्य संस्थामा मानसिक स्वास्थ्य सेवा विस्तार गर्नुका साथै निःशुल्क परामर्श सेवा उपलब्ध गराउनुपर्नेछ । योग, ध्यान र आध्यात्मिक सचेतनामा अभिवृद्वि गर्नुपर्छ ।
मधु पौडेल
आत्महत्याका मुख्य मुख्य कारणहरु
१. उदासिनता (डिप्रेशन)
२. रक्सी र लागु पदार्थको सेवन र त्यसको दुरुपयोग
३. दिर्घकालिन रोगले ग्रसित
४. मानसिक स्वास्थ्य समस्या
५. व्यक्तिगत वा पारिवारीक भावनात्मक समस्याहरु
६. मनेसामाजिक समस्याहरु
७. घरेलु हिंसा र सामाजिक लाञ्छना
८. कार्यमा असफलता
९. आघातजन्य घटना
भावनात्मक विचलनका संकेत
१. असन्तुष्ट सम्बन्धहरु
२. गरिबी र आर्थिक कठिनाइहरु
३. नजिकको व्यक्ति गुमाउनु
४. किशोर किशोरीहरुले विद्यालयमा भोगेका समस्याहरु
५. गम्भिर पारिवारीक समस्या झैझगडा पारिवारीक तनाव पारिवारीक हिंसा
६. शारिरीक वा यौन हिंसा
मनोविचलनका संकेतहरु
१. मनोबल कमजोर भएको महशुस गर्ने
२. आत्मग्लानीको भाव आइरहने
३. एक्लोपन महशुस गरिरहने
४. जीवनलाई अर्थहिन महशुस गर्ने
५. निराशापन आइरहने
व्यवहारिक विचलनका संकेत
१. झनक्क रिसाउने झर्कने
२. आँफैलाई हानी नोक्सानी गर्ने खालका कामहरु गर्ने
३. लागु पदार्थ सेवन गर्ने वा प्रयोगको मात्रा बढाउदै लैजाने
४. मुल्यवान सामानहरु पनि अरुलाइ वाँड्नु
५. सामाजिक क्रियाकलापहरुवाट टाढा रहनु
६. पहिला पहिला रुचीपुर्वक गर्ने कृयाकलापहरु पनि गर्न छोड्नु
शारीरिक विचलनका संकेत
१. व्यक्तिगत सरसफाइमा ध्यान नदिने
२. निद्रा तथा खानपानमा गडबडी हुने
३. यौन इच्छामा कमि आउने
४. तौल घट्दै जाने
५. हातखुट्टा झमझमाउने
६. लुलो हुने
आत्महत्याको जोखिममा रहेका व्यक्तिहरुप्रतिको व्यवहार
१. ध्यान दिएर उनीहरुका कुरा सुनिदिने
२. पहिचान गरिएका व्यक्तिलाई एक्लै नछोड्ने
३. उसको आनीबानी अवलोकन गरिरहने
४. जोखिमका सामग्रीहरु उसको पहुँचबाट टाढा राख्ने
५. आनीबानी बद्लिदै गएमा वा अवस्था जटिल बन्दै गएमा मनोसामाजिक परामर्श वा मनोचिकित्सकीय सेवामा लैजाने ।
आत्महत्या जोखिम कम गर्ने उपायहरु
२. आत्महत्या गर्नुभन्दा अगाडी मानिसले आफ्नो परिवार समाज र साथीभाइसंग आफुले भोगेका पिडालाई भन्न प्रयास गरेको हुन्छ । यस्तो अवस्थामा उसले घरपरिवार, समाज र साथीभाइले पनि आफ्नो समस्या नबुझेको महशुस गरेका हुन्छन् ।
३. यस्ता व्यक्तिहरुको आनीबानी व्यवहार र सोचलाई ध्यान पुर्याउन सकेको खण्डमा आत्महत्याको जोखिम पहिचान गर्न सकिन्छ ।
४. व्यक्तिको समस्या एवं भावनाहरु कुनै पुर्वाग्रह नराखि गोपनियताका साथ सुनिदिने उपयुक्त वातावरण तयार भएको खण्डमा आत्महत्याको जोखिम कम गर्न सकिन्छ ।
५. गाँउ गाँउमा स्वास्थ्य चौकीहरुमा वडा वडामा विद्यालयहरुमा मनेसामाजिक परामर्शकर्ताहरुको पहुँचमा वृद्धि गर्ने ।





