बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरामा तालदेखि ताल (लेक टु लेक) साइकल ट्रयाक बन्दै, एसियाली विकास बैंकको १ अर्ब सहयाेग रहने

पोखरामा तालदेखि ताल (लेक टु लेक) साइकल ट्रयाक बन्दै, एसियाली विकास बैंकको १ अर्ब सहयाेग रहने


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८१, बिहिबार

पोखरा/ पोखरा महानगरपालिका भित्र रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्रयाकको गुरुयोजना सम्बन्धी सरोकारवालासग छलफल चलाइएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकको रुटका विषयमा छलफल थालिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ किलोमिटर लम्बाइको साइकल ट्रयाक पोखराका लागि महत्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास गरे । संसारभरका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्ने भन्दै उनले पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्ने उल्लेख गरे । ‘पोखराको पर्यटन विकासमा यो महत्वपूर्ण कोशेढुंगा साबित हुनेछ,’ उनले भने, ‘पोखरा वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्रयाक मानव स्वास्थ्य र पर्यावरणको संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्न सक्छ ।’

एसियाली विकास बैंकको करिब १ अर्ब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकले पोखरामा रहेका सबै ताललाई जोड्ने छ । पोखराको दिगो पर्यटन विकास अन्तरगत संचालन हुन लागेको यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएकाले प्रारम्भिक चरणमा पर्यटन लगायत सरोकारवालाको सहभागितामा छलफल चलाइएको हो । पोखराका तालहरूलाई एकापसमा भित्र र बाहिर पर्ने गरी जोड्नका लागि इनर र आउटर दुई वटा रुटहरू सहित विभिन्न स्थानहरूमा कनेक्ट रुटहरूका समेत निर्माण गर्दा करिब ८५ किमी लम्बाइको साइकल ट्रयाक निर्माण हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->