बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जापानका सांसदहरु र पाेखरा महानगरका प्रमुख आचार्य बिच भेटवार्ता

जापानका सांसदहरु र पाेखरा महानगरका प्रमुख आचार्य बिच भेटवार्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८१, बिहिबार

पोखरा/ जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग विहीबर भेटवार्ता गरेको छ । सांसदहरू याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६ जना व्यवसायीहरूको टोलीले आचार्यसँग भेटेको हो ।

भेटवार्तामा नगर प्रमुख आचार्यले पोखरा र जापानका बिचमा निकै लामो समयदेखी श्रम तथा प्रविधिको आदानप्रदान हुँदै आइरहेको बताए । पोखरामा जापान सरकारको तर्फबाट निकै महत्त्वपूर्ण परियोजनाहरू सञ्चालनमा रहेको जनाउँदै भविष्यमा समेत सञ्चालन गर्ने गरी कयौँ दूरगामी महत्वका परियोजनाहरूमा समझदारी भएको उनले उल्लेख गरे । जापानमा रोजगारी तथा अध्ययनका सिलसिलामा ठुलो सङ्ख्यामा पोखरेली नागरिकहरू गएको र त्यहाँ उनीहरूले राम्रो उपलब्धि हासिल गरिरहेको उनले बताए । पछिल्लो समय पोखरा महानगरपालिकाले दक्ष जनशक्ति तयार गर्न आवश्यक भाषा तथा सीपमूलक तालिमका कक्षाहरू सञ्चालन गरेको उनको भनाई थियो । विभिन्न साझेदारहरूसँगको सहकार्यमा भाषा तथा सीप विकासका कक्षाहरू सञ्चालन गरिएको जनाउँदै नगर प्रमुख आचार्यले जापान नेपाली श्रमिक तथा विद्यार्थीहरूका लागि समेत आकर्षक गन्तव्य बनिरहेको बताए ।

जापानी टोलीले जापानमा केयर गिभरका लागि श्रमिकहरू अभाव रहको जनाउँदै सीपयुक्त जनशक्ति भए आफूहरू त्यसमा आवश्यक प्रक्रिया अगाडी बढाउन तयार रहेको जनाएको छ । जापानमा जेयष्ठ नागरिकहरूको हेरचाह केन्द्र सञ्चालन गरिरहेका उनीहरूले नेपाली श्रमिकहरूको आतिथ्ययताले निकै प्रभावित भएको भन्दै त्यसमा आफूहरू थप श्रमिकहरू लैजान इच्छुक रहेको बताएको थियो ।
टोलीमा जापानका चार जना सांसदहरू सहित १६ जनाको सहभागिता रहेको थियो । सो क्रममा दुईपक्षिय पर्यटन विकास, मितेरी सम्बन्ध र प्रविधि आदान प्रदान लगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->