बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना

लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८१, बिहिबार

पोखरा/ नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ । संघले विहीबार एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिको पदस्थापना गराएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक गोकर्ण कार्कीले नयाँ कार्यसमितिलाई पदस्थापना गराए ।

संघको नयाँ कार्यसमितिको अध्यक्षमा महेशबहादुर थापा गणेश, उपाध्यक्षमा विक्रम थापा, सचिवमा मेघराज त्रिपाठी, कोषाध्यक्षमा वावुराम घिमिरे, सहचिवमा गणेशकुमार श्रेष्ठ तथा सदस्यहरुमा विनायक वराल, दिनेश वोहोरा, नारायणवावु दानी, राजन जोसी, सन्तोष श्रेष्ठ, चन्द्रबहादुर क्षेत्री अर्जुन, कुष्णकुमार मल्ल रहेका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा प्रतिनीधि सभा सदस्य राजु थापाले यातायात प्राधिकरण गठन गर्न सदनमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे । ‘यातायात व्यवसायका समस्या समाधान गर्नका लागि यातायात प्राधिकरणको आवश्यकता छ, तपाईहरुले उठाँउदै आएको आवज पनि यहि हो’ थापाले भने, ‘व्यवसायीहको हक हितका लागि अवको सदनमा यातायात प्राधिकरण गठान गर्न जोडदार माग गर्ने छु ।’

पछिल्लो समय यातायात व्यवसायीहरुले युरोपियन देशका जस्तै उच्चस्तरीय सवारी साधनहरु ल्याएको बताउँदै उनले यसलाई अव प्रविधिसँगै जोडेर जानुपर्ने सुझाव दिए । गण्डकी प्रदेश सरकारले रातो प्लेटमा चल्ने साधनलाई नयाँ एप मार्फत सेवा दिन तयारी थालेको वेला उनले सस्तो लोकप्रियता कमाउनका लागि दीर्घकालिन असर गर्ने खालका निर्णय नगर्न आग्रह गरे । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघ सधै तयार रहेको बताए । यातायात व्यवसायीले ठूलो चनौतीका वीच पनि व्यवसायमा ठूलो लगानि गरेका तर, सरकार विभिन्न एपका बहानामा रातो प्लेटलाई व्यवसाय गर्न स्वीकृति दिएको भन्दै उनले व्यवसायीले यातायात क्षेत्रमा गरेको यो लगानिलाई अवमूल्यन गर्नु राज्यको कमजोरी रहेको जनाए । ‘हामीले प्रविधिको विरोध गरेको होइन । आउनुहोस् वसेर छलफल गरौ समस्याको समाधान निकालौ,’ उनले भने ।

लोतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश बहादुर थापा (गणेश)को अध्यक्षक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मी, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघ नेपालका महासचिव केदारनाथ पौडेल, केन्द्रीय सल्लाहकार सरद अधिकारी, वाग्मती प्रदेश अध्यक्ष रामप्रसाद सुवेदी, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षेत्री, महाधिवेशन प्रतिनीधि लक्ष्मी पाण्डे, ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, नेपाल यातायत मजदुर संघ गण्डकीका अध्यक्ष किरणवावु पन्त निर्वाचन समिति सदस्य भानुभक्त बरालले आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->