बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एकै परिवारका तीनजना घरभित्रै मृत फेला

एकै परिवारका तीनजना घरभित्रै मृत फेला


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०८१, बिहिबार

काठमाडौं / काठमाडौंको गोकर्णेश्विरमा घरभित्र आमा र दुईवटा छोराछोरी मृत भेटिएका छन्। गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीको घरको कोठाभित्र उनकी श्रीमती वर्ष ३३ की सीता दंगाल (नगरकोटी), छोरी वर्ष १५ की अंशु मोक्तान र छोरा २ महिनाको बालक मृत भेटिएका हुन्।

घरमुली कान्छाले कात्तिक १६ गतेखि श्रीमती, छोरी, छोरा हराइरहेको भनि आज (कात्तिक २९ गते) प्रहरी वृत बौद्धमा खोजतलासको लागि निवेदन दिएका थिए। सोही आधारमा प्रहरी टोली गएर हेर्दा घरभित्रै तीनैजनाको शव फेला पारेको हो। घटनाको सम्बन्धमा प्रहरी वृत्त बौद्ध र प्रहरी परिसर काठमाडौं बाट समेत अनुसन्धानको लागि टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

कान्छाले हराएको भनेको मितिमै उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ। शव सडेको अवस्थामा छ। घरभित्र शवको अवस्था हेर्दा उनीहरुको हत्या नभई भवितव्यमा परी ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ। २ महिनाको छोरालाई सेक्नका लागि भित्रै कैला बालेको फेला परेको छ।

‘शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा हत्या नभई भवितव्यमा परेको जस्तो देखिन्छ। तर शव पोष्टमार्टमका लागि पठाएका छौं। रिपोर्ट आएपछि थप प्रस्ट हुन्छ’, काठमाडौं परिसरका एक अधिकारीले भने।

यस्तै प्रहरीले श्रीमानमाथि पनि अनुसन्धान गरिरहेको छ। उनले श्रीमती र छोराछोरी हराएको यतिका दिनसम्म पनि किन खबर गरेनन् भनेर शंका गर्ने ठाउँ पनि देखिएको जनाएको छ।

‘ढोका भित्रबाहिरबाटै चाबि लगाउन मिल्ने देखिन्छ। त्यो ढोका भित्रबाट लक गरियो कि बाहिरबाट भन्ने पनि अहिले नै अनुमान गर्न मिल्दैन। अर्को कुरा हराएको यत्तिका दिन भइसक्दा पनि श्रीमानले किन खोजि गरेनन् भन्ने प्रश्न पनि रहन्छ। हामी दुवै हिसावले अनुसन्धान गरिरहेका छौं’, प्रहरी अधिकारीले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->