पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका (राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार दिउँसो रुपन्देहीको भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई बयानका लागि गत मंगलबार उनलाई रुपन्देही लगिएको थियो ।
बिहीबार बयान सकिएपछि लामिछानेलाई यति एअरलाइन्सको जहाजमार्फत पोखरा फिर्ता ल्याइएको हो । बिहानै पोखरा ल्याउने तयारी भए पनि भैरहवाको आकाश नखुल्दा उडानमा ढिलाई भएको थियो । पोखरा ल्याएलगत्तै लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।





