बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङ सम्मानित

वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनीका अध्यक्ष गुरूङ सम्मानित


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८१, शनिबार

काठमाडौं / कर दिवसको अवसरमा वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको भाटभटेनी सुपरमार्केटले जनाएको छ।

आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् । अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->