बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र

शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८१, आइतबार

पोखरा/ अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना र पोखरा महानगरपालिका वडा नम्वर १५ को समन्वयमा मंसिर १७ देखि २७ गतेसम्म हुन गईरहेको ऐतिहासिक शुक्लागण्डकी कोटीहोम २०८१ को तयारी तिव्र पारिएको छ । तयारीकै अवसरमा पोखरा महानगरपालिका वडा नम्वर १५ ले वडा भेला सम्पन्न गरेको छ ।

भेलाको सम्बोधन गर्दै वडा नम्वर १५ का वडाध्यक्ष तोरणबहादुर बाँनियाले वडा कार्यालयको तर्फबाट कोटीहोम सफल बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले वडाको तर्फबाट तन, मन, धन, बचन र कर्मले कोटीहोममा होमिने प्रतिवद्धता जनाए । पण्डित दिपक सापकोटाले कोटी होम सफल भईसकेको उदाहरण भेलाको सहभागितालाई दिए । विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सह अध्यक्ष शंकर खरालले हिन्दु जागरणका साथै आफ्नो ठाउँको विकास र त्यसको महत्व बुझेर काम गर्न आग्रह गरे । उनले महायज्ञमा विश्व हिन्दु महासंघको भरपुर साथ रहने बताए । कार्यक्रममा पूर्ववडाध्यक्ष प्रकाश पौडेलले जनसहभागितालाई जोड दिनुपर्ने बताए । संकल्पकर्ता शोभाकान्त ढकालका धर्मपत्नी नारायणी ढकाल, विश्वकर्मा समाज नेपालका केन्द्रिय अध्यक्ष रणाबहादुर विश्वकर्मा, समाजसेवी डाक्टर अनिल सुवेदी, भक्तबहादुर खत्री, आदर्श आमा समुहका अध्यक्ष कल्पना अधिकारी, शितलादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनकाजी कार्की, अलकापुरी आमा समुहका सुनिता कडेँल लगायतले भेलामा बोलेका थिए ।

महायज्ञ मुल आयोजक समितिका अध्यक्ष मदन गिरीले पोखरा १५ र १७ लाई जोड्ने गरि शुक्लागण्डकी माथि दुइ ढुङ्गा जोडिएर बनेको प्राकृतिक पुल ढुङ्गेसाँघु क्षेत्रको धार्मिक, सांस्कृतिक आध्यात्मिक महत्व उजागर गर्न कोटि होम हुन लागेको बताउदै कोटी होम महायज्ञको उदेश्य सेती नदीमा स्नान गर्न जाने १०८ सिँढी निर्माण, १०८ गौमुखी धारा निर्माण, प्राकृतिक पुलमुनि रहेको महायज्ञ मुल संकल्पकर्ता जय श्री राधे गुरुले तपस्या गरेको गुप्त तिर्थ स्थल जाने बाटो निर्माण, गरिब तथा विपन्न परिवारका बालबालिकालाइ शिशुस्याहार देखि कक्षा ३ सम्म निशुल्क पठनपाठन व्यवस्थापन सहित पट्नेरीमा रहेका करिब २८० घरधुरीलाई शुद्व खानेपानीको वितरण गराउने लगाएत रहेको बताए । गिरीले सञ्चालन गरेको कार्यक्रमको समापन कोषाध्यक्ष नारायण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->