बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खादा माला लगाएर उम्मेदवारी दर्ता गर्न हिँडेका माओवादी उम्मेदवार बाटोमै बरखास्त

खादा माला लगाएर उम्मेदवारी दर्ता गर्न हिँडेका माओवादी उम्मेदवार बाटोमै बरखास्त


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८१, आइतबार

काठमाडौं / कीर्तिपुरको वडा नम्बर १ मा उम्मेदवारी दिन तामझामसहित निस्किएका माओवादी नेता अष्टमान महर्जन बीच बाटोबाटै फर्किनु परेको छ । टिका, खादा र माला लगाएर माओवादीका ३ उम्मेदवारहरुसहितको र्‍याली निर्वाचन आयोगतर्फ जाँदै थियो । बाटोमा नै १ नम्बर वडामा माओवादीले जसपालाई सघाउन लागेको खबर आयो । त्यसपछि महर्जन हिस्स परेका थिए । यद्यपि, उनले कुनै दुःखमनाउ भने गरेनन् ।

माओवादीले जसपाका सरल महर्जनलाई सघाउने निर्णय गर्यो र महर्जन पछि हटे भने माओवादीको र्‍यालीमा जसपा सरल पनि मिसिए । अष्टमानले सरललाई शुभकामना दिए र सँगै फोटो पनि खिचाए । उनले पत्रकारसँग कुरा गर्दै आफूले पार्टीको निर्णय मान्ने बताए । ‘पार्टीले जसपासँग गठवन्धन गर्ने निर्णय गरेको छ । म बागी उम्मेदवारी दिन्नँ । सरल महर्जनलाई मेरो समर्थन छ’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->