बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रुकुमपूर्वमा एमाले जिल्ला उपसचिव नै कांग्रेसको चिह्नबाट उम्मेदवार

रुकुमपूर्वमा एमाले जिल्ला उपसचिव नै कांग्रेसको चिह्नबाट उम्मेदवार


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८१, आइतबार

पोखरा / मंसिर १६ गते हुने उपनिर्वाचनमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र एक वडाध्यक्ष पदमा नेपाली कांग्रेस र एमालेले तालमेल गरेका छन् ।

माओवादी केन्द्रको बलियो आधार क्षेत्र मानिने यहाँ सत्ता साझेदार दुई ठूला दलले तालमेल गरेका हुन् । दुई दलबीच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेले उम्मेदवारी दिएको छैन ।
बरु एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले कांग्रेस उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएकी छन् । आइतबार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरी एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी छन् ।

कांग्रेस जिल्ला सभापति केशरमान रोकाले दुवै दलले साझा उम्मेदवार बनाउने र साझा घोषणापत्रका आधारमा पालिका र वडाको चुनाव लड्ने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->