पोखरा/फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगितामा प्रदीप श्रेष्ठ विजेता बनेका छन् भने अर्काे विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ ।
फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो ।
संस्थाले मिराज राष्ट्रिय वैवाहिक फोटोप्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरि २ विधामा प्रत्येक वर्ष फोटो प्रतियोगिता गर्ने गरेको छ । करिव २ सय जना फोटोग्राफरहरु सहभागी रहेको प्रतियोगितामा करिब एघार सय तस्वीहरु सहभागी भएका थिए ।
मिराज राष्ट्रिय वैवाहिक फोटोप्रतियोगितामा सर्वोकृष्ठ भएका प्रदीप श्रेष्ठले १५ हजार ५ सय ५५ नगदसहित ट्रफी र प्रमाणपत्र पाएका छन् । त्यसैगरी नेचर एण्ड लैण्डस्केप विधातर्पm सजिनमणि पौडेलको तस्बिर सर्वोत्कृष्ट बन्दै नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र पाएका छन् ।
मिराज राष्ट्रिय वैवाहिक फोटोप्रतियोगिता तर्फका अलग अलग पाँच विधातर्फ ब्राइड एण्ड ग्रुम पोट्रेट विधातर्फ सर्वाेत्कृष्ठ नन्दु श्रेष्ठ, उत्कृष्ठ पाँचमा अवि घिमिरे, सानुकाजी महर्जन, भुवन श्रेष्ठ, सन्देश थापाले बाजी मारे ।
बेष्ट कलरिड एण्ड रिटचिडतर्फ सर्वाेत्कृष्ट अवि घिमिरे, सुशील श्रेष्ठ, निरोज भण्डारी, विजय शर्मा, रामजी थापा उत्कृष्ट पाँचमा पर्न सफल भए । बेष्ट मोमेन्ट क्याप्चरतर्फ उत्कृष्ठ सुशील अधिकारी, फोकस श्रेष्ठ, आलोक कुमाल, देव पोखरेल, रामचन्द्र पोखरेल उत्कृष्ट पाँचमा पर्न सफल भए ।
कपल पोजिड अन वेडिङ डेतर्फ सर्वाेत्कृष्टमा कृष्ण सापकोटा नन्दु श्रेष्ठ, पूरन थापा, बिसाल तामाङ, उदय थुलुङ उत्कृष्ट पाँचमा पर्न सफल भए । यसैगरी टिपीकल कल्चरतर्फ सर्वाेत्कृष्ट प्रदीप श्रेष्ठ भए भने अस्मिर थापा, नारायणहरि अधिकारी, अशोक श्रेष्ठ र दिवस लम्साल उत्कृष्ट पाँचमा पर्न सफल भए ।
नेचर एण्ड लेण्डस्केप बिधातर्फ उत्कृष्ठ पाँचमा पूर्णबहादुर मौराती, राकेश गुरुङ, एलेक्स नेपाली, विश्वास, बव साइका तस्वीरले ट्रफी र प्रमाण पत्र प्राप्त गरेका प्रतियोगिता संयोजक भक्त तामाङले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले उत्कृष्ट फोटोग्राफरहरुलाई मेडल तथा प्रमाणपत्रले सम्मान गरेकासंस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।





