बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण र विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि संघ सरकारको ध्यानाकर्षण 

पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण र विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि संघ सरकारको ध्यानाकर्षण 


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८१, सोमबार

पाेखरा /नेपाली कांग्रेस र नेकपा एमाले कास्कीको दुई दलीय राजनीतिक संयन्त्रको आइतबार बसेको बैठकले चीन सरकारको ऋण सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण गर्नका लागि २ देशको कुटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । साथै उक्त बिमानस्थलमा अन्तराष्ट्रिय उडान सुचारुको लागि पनि आवस्यक पहल गर्न संघीय सरकारको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

दुई पार्टीबीच सत्ता समीकरण भएसंगै संघ, प्रदेश र जिल्लाहरुमा २ दलिय राजनीतिक संयन्त्रको गठन भएसंगै कास्कीमा पनि यस्तो संयन्त्र बनेको हो । एमाले पार्टी कार्यालयमा एमाले केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको अध्यक्षतामा आइतबार बसेको पहिलो बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको हो ।

बैठकले आगामी बैठक दुई दलको सहमतिमा आलोपालो प्रणालीमा संयोजन गर्ने, कास्कीका सबै स्थानीय तहमा बिकास निर्माण र अन्य समस्या समाधानका लागि जिल्ला संयन्त्रले आवस्यक सहजीकरण गर्ने र दुई पार्टीबीचको सत्ता सहकार्यको आवस्यकतालाई जनताको तहसम्म पुराउन र सरकारले गरेको काम र योजनाको पक्षमा जनमत निर्माण गर्न आवस्यक सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै पोखराको आर्थिक बिकास एवं पर्यटन प्रवद्र्धनका लागि अन्तराष्ट्रियस सम्मेलन केन्द्रका अतिनै आवस्यक देखिएकाले निर्माणका लागि संघ सरकारसंग माग गर्ने निर्णय पनि बैठकले गरेको एमाले इन्चार्ज कृष्ण थापाले बताए । यसैगरी व्यवस्थित पोखरा महानगरपालिका, आधुनिक पोखरा शहर निर्माण गर्न, ट्राफिक व्यवस्थापन गर्न तथा कास्की जिल्लाकै समग्र आर्थिक बिकासलाई प्रवद्र्धन गर्न, कास्कीका सबै पालिकालाई जोड्ने गरी चक्रपथको आवस्यकता देखिएकाले चक्रपथ निर्माणकालागि सम्बन्धित निकायलाई पहल गर्ने निर्णय पनि बैठकको छ । पोखरामा अत्याधुनिक बसपार्क आवस्यक रहेको भन्दै बैठकले छिटो निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराउने निर्णय गरेको कांग्रेस उपसभापति युवराज कुँवरले बताए ।

बैठकमा एमालेका तर्फबाट थापासहित कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री र सचिव दर्शन लामा, नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र उपसभापति युवराज कुँवरको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->