बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चोभार सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारमा समेत खुला

चोभार सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारमा समेत खुला


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८१, सोमबार

काठमाडौं / संघीय राजधानी काठमाडौं चोभारस्थित सुक्खा बन्दरगाह अब चीनसँगको व्यापारका लागि समेत खुलेको छ । भन्सार विभागका अनुसार चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुलेको छ । अब आन्तरिक तयारीपछि कार्यान्वयनमा जाने विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिए ।

अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को दफा ८९ (च) बमोजिम हालै राजपत्रमा एक सूचना प्रकाशित गरेको छ । जसले सीमास्थित भन्सार कार्यालयमा पैठारीका लागि ल्याइएका मालवस्तु उक्त कार्यालयबाट जाँचपास नगराइ बन्दरगाह भन्सारमा लगी जाँचपास गराउन चाहे त्यस्तो मालवस्तु बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिम सडकमार्गबाट लैजान आन्तरिक परिवहन सुविधा दिएको छ । यो चोभारस्थित सुक्खा बन्दरगाहका लागि दिइएको सुविधा हो ।
यो सूचनामा आन्तरिक परिवहन सुविधा दिने भन्सार कार्यालय तोकिएको छ । वीरगञ्ज, मेची, विराटनगर, भैरहवा, तातोपानी, रसुवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह सिर्सिया पर्साबाट नेपाल प्रवेश गर्ने मालवस्तुका हकमा मात्र चोभार आउने गरी आन्तरिक परिवहन सुविधा दिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->