बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एकाविहानै चिर्पटले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या

एकाविहानै चिर्पटले हानेर श्रीमतीले गरिन् श्रीमानको हत्या


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८१, मंगलबार

त्रिवेणी / रुकुमपश्चिमको चौरजहारी नगरपालिका-२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् । मंगलबार बिहान दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

प्रहरी निरीक्षकका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा खिम कुमालले प्रहरीलाई गरेका थिए । सूचनालगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले आरोपी महिलालाई नियन्त्रणमा लिइएको छ ।

शव भने परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घरायसी विवादका कारण श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको र घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->