बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आमाद्वारा छोराको कन्सल्टेन्सी व्यवसाय शुभारम्भ

आमाद्वारा छोराको कन्सल्टेन्सी व्यवसाय शुभारम्भ


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८१, मंगलबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ न्युरोडमा एक एजुुकेशन कन्सल्टेन्सीका संचालकले आफ्नी आमालाई प्रमुख अतिथि बनाएर सेवा शुभारम्भ गरेका छन् । बराह एजुकेशन कन्सल्टेन्सी प्रालिका संचालक सन्तोष कुइँकेलले आफ्नै आमा विष्णुमाया कुइँकेलको हातबाट रिवन काटेर व्यवसाय सुरु गरेका हुन् । उक्त अवसरमा बिष्णुमायाले छोराको व्यवसाय राम्रो होस् भन्दै शुभकामना व्यक्त गरेकी थिइन् ।

सोमबार भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष तथा दरबारथोक मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाटले वैदेशिक अध्ययनमा जानेलाई विश्वासिलो वातावरण तयार गर्न सके कन्टल्टेन्सी व्यवसायको भविष्य रहेको वताए । सो अवसरमा रुपाकोट सुन चाँदी पसलका संचालक दशरथ सुनार, नगेन आर्ट एकेडेमीका नगेन सिंह ठकुरी, पोखरा बस व्यवसायी समितिका अध्यक्ष देवी कुइँकेल, लायन्स क्लब .३२५ एमकी जोन चियर पर्सन लक्ष्मी कोइराला, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

संचालक सन्तोष कुइँकेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मित्रता बहु खवुद्धिराज भट्टराईले र संचालन प्रफेक्ट प्रिन्टिङ तथा एकेडेमीका प्रबन्ध निर्देशक नविन श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->