बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरामा अन्तर्राष्ट्रिय उडान माग्दै सिंहदरबार पुगे गण्डकीका पर्यटनमन्त्री बस्याल

पोखरामा अन्तर्राष्ट्रिय उडान माग्दै सिंहदरबार पुगे गण्डकीका पर्यटनमन्त्री बस्याल


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८१, मंगलबार

पोखरा / गण्डकी प्रदेशका पर्यटन मन्त्री र व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले मंगलबार प्रधानमन्त्री केपी ओलिलाई भेटी पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि पहल लिन अनुरोध गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले प्रधानमन्त्री ओलिलाई पर्यटकीय राजधानी पोखरामा पर्यटनवृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक रहेको बताए । मन्त्री बस्यालले प्रदेश सरकारबाट घोषणा गरिएको पर्यटकीय राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानीका रुपमा घोषित गर्न समेत माग गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आफ्नो आशन्न चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा चीनलाई आग्रह गर्ने र पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकारको तर्फबाट पहल हुने बताए ।

भेटमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री पाण्डे, प्रदेशको मन्त्रालयका सचिव कुुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->