पोखरा / सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई हिजो काठमाडौं पठाइएको छ । उनलाई आज जिल्ला अदालत काठमाडौंमा पेस गरिँदैछ ।जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
यस अघि सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि जोशी र लामिछानेलाई रूपन्देही लगिएको थियो।छविलाललाई बयानपछि पोखरा ल्याउने र रवि लामिछानेलाई पनि काठमाडौँ पठाउने प्रहरीको तयारी छ।





