बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पुथाउत्तरगंगा २ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध

पुथाउत्तरगंगा २ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८१, बुधबार

काठमाडौं/रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
कांग्रेस–एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयबाट भने यसको औपचारिक घोषणा हुन बाँकी छ । गत निर्वाचनमा पनि वडा नं. २ एमाले र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेका थिए । तर माओवादी केन्द्रका उम्मेदवार जसबहादुर शिर्पाली विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->