बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमालेको जागरणसभाको स्थान दरवारमार्ग सारियो

एमालेको जागरणसभाको स्थान दरवारमार्ग सारियो


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८१, बुधबार

पोखरा / सत्तारुढ दल नेकपा एमालेले शुक्रवार गर्न लागेको जागरणसभाको स्थान परिवर्तन गरी दरवारमार्गमा सारेको छ । यसअघि सो जागरणसभा भृकुटीमण्डपमा गर्ने तय भएको थियो । कार्यक्रममा सहभागिता धेरै हुनेभई भृकुटीमण्डपमा नअट्ने भएकोले स्थान परिवर्तन गरिएको जागरणसभाका संयोजक एवं एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले बताए ।

‘उपस्थिति राम्रो हुने भयो । भृकुटीमण्डपले नपुग्ने भयो । विगतको अनुभवले पनि दरबारमार्गमा धेरैलाई सहभागी गराउन सकिने देखियो’ भट्टराईले भने, ‘ट्राफिक व्यवस्थापनका दृष्टिले पनि सवारी आवागमन कम डिस्ट्रब हुनेगरी दरबारमार्गमा सारियो ।’ सो सभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम तय भएको छ । सभामा एक लाखभन्दा बढीको सहभागिता रहने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->