बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वर्गीय बिमला गौचनको सम्झनामा श्रद्धाञ्जली सभा

स्वर्गीय बिमला गौचनको सम्झनामा श्रद्धाञ्जली सभा


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८१, बुधबार

म्याग्दी/नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनको बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गएको कात्तिक २८ गते काठमाडौंमा डेंगुको उपचारका क्रममा हृदयघात भई ज्यान गुमाएकी गौचनको स्मृतिमा थकाली समाज घर बेनीमा आयोजित सभामा म्याग्दीमा कांग्रेस, पर्यटन क्षेत्रसहित विभिन्न सामाजिक संघसंस्थामा खेलेको भूमिकाको स्मरण गरिएको थियो ।
तत्कालिन समयमा पर्यटन ब्यवसाय हुदै राजनीतिमा होमिएकी स्वर्गीय गौचनले निधनले कांग्रेसका लागि अपूरणीय क्षति पुगेको पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताए । ‘समाजका हरेक क्षेत्रमा उहाँको योगदान छ, पार्टीसँगै समाजमा उहाँको अभाव सधै खड्किने छ,’ सभापति गर्बुजाले भने । उनले घरायसी काममै सिमित हुने महिलाले अवसर पाए कुनैपनि काम गर्न सक्छन् भन्ने उदाहरण समेत स्वर्गीय गौचन भएको बताए ।
दिवंगत गौचनप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्न नेकपा एमालेका प्रदेशसभाका मन्त्री, सांसदसहितको टोलीको समेत उपस्थिति रहेको थियो। नेपाल महिला संघ म्याग्दीकी निर्वतमान सभापति, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस गण्डकी कार्यसमिति सदस्य समेत रहनुभएकी स्वर्गीय गौचनको शनिबार नेपाल प्रहरीको शोक सलामीसहित अन्तिम विदाइ गरिएपछि समाजघरमा श्रद्धाञ्जलीका लागि देशभरबाट उल्लेख्य उपस्थिति छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->