पोखरा/दुग्धजन्य पदार्थ उत्पादनमा अग्रणी रहेको सुजल डेरी प्रालिले जाडोको मौषममा आफ्नो उत्पादन ‘सफल फेमिली मिल्क’ पिउनु स्वास्थ्यको लागि अझ बढी हितकर रहेको बताएको छ । दैनिक दूधको सेवन स्वास्थ्यको लागि सदैव हितकारी रहेको स्मरण गराउँदै कम्पनीले पोखरा र आसपासको क्षेत्रमा रहेका उच्च गुणस्तरका गाई–भैंसीले दिएको दूधमा कुनै किसिमको मिसावट नगरी अत्याधुनिक प्रविधिमा पास्चुराइज गरी (बिभिन्न हानिकारक किटाणुहरु हटाएर) बजारमा पठाइएको कम्पनीको भनाइ छ । कम्पनीले तुरुन्तै उपयोग .योग्य बनाइएको दूधमा स्वाद तथा गुणस्तरसहित स्वच्छता, ताजापन अनि शरिरलाई चाहिने शक्ति रहेको कम्पनीले जिकिर गरेको छ ।
सफल फेमिली मिल्कमा ५.५ फ्याट र ९.५ एसएनएफ (प्रोटिन, कार्वोहाइडे«ड र खनिजको मिश्रण तर बोसो हैन) रहेकाले शरीरलाई शरिरलाई रोगसँग लड्ने क्षमता बढाउँछ,’ उत्पादक कम्पनीले भनेको छ, ‘त्यसैले सफल फेमिली मिल्क ढुक्क भई पिऔं । कम्पनीले सफल फेमिली मिल्क पारदर्शी प्याकमा रहेकोले दूधमा भएको बाक्लोपन पनि महसुस गर्न सकिने पनि जनाएको छ ।





