बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खोलाकिनाराको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा र्‍याली

खोलाकिनाराको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौंमा र्‍याली


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८१, बिहिबार

काठमाडौं / काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्‍याली निकालिएको हो ।

ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्‍याली माइतीघर मण्डलासम्म पुग्ने छ । र्‍यालीमा अभियन्ता सुमन सायमी लगायत छन् । ‘जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।
३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->