बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ठूलो परिणाममा लागुऔषधसहित किशोरी पक्राउ

ठूलो परिणाममा लागुऔषधसहित किशोरी पक्राउ

बेनीबजार आसपासका क्षेत्रमा बरामद हुने गरेको लागुऔषध यसपटक ग्रामीण क्षेत्रमा भेटिएपछि प्रहरी समेत झस्किएको छ ।


  • हरिकृष्ण गौतम
  • मंसिर ६ २०८१, बिहिबार

म्याग्दी/जिल्ला प्रहरी कार्यालय म्याग्दीको भारी मात्रामा प्रतिबन्धित लागुऔषधसहित एक किशोरीलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, तल्ला डडुवाकी २३ वर्षिय पूर्णा बिकलाई नियन्त्रणमा लिएको छ । म्याग्दीका लागुऔषधका प्रयोगकर्तालाई लक्षित गरी घरमा लगेर राखेको अवस्थामा एक हजार एक सय ९३ थान लागु औषधसहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलले बताए ।


‘अहिलेसम्मकै ठूलो परिणाममा लागुऔषध भेटिएको छ, हामीले थप अनुसन्धान गरिरहेका छौँ,’ सूचना अधिकारी पौडेलले भने । कास्की प्रहरीको सहयोगमा पोखराबाट नियन्त्रण गरिएको अभियुक्त विकको घरभित्र बागवान सुपर मसिना चामल लेखेको सेतो हरियो चामलको खाली बोरामा कालो प्लास्ट्रिक भित्र लुकाइछिपाइ राखेको अबस्थामा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । पछिल्लो एकदशक यताको तथ्याङकमा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बरामद हुने गरेको लागुऔषध यसपटक ग्रामीण क्षेत्रमा भेटिएपछि प्रहरी समेत झस्किएको छ ।
विकको घरबाट डाइजेपाम तीन सय ९८ एम्पुल, फेनेर्गन तीन सय ९७ एम्पुल र बुप्रेनोर्फिन तीन सय ९८ गरी कुल एक हजार एक सय ९३ थान भेटिएको छ । लागुऔषधका प्रयोगकर्ताले डाइजेपाम, फेनारागन, र बुप्रेनोर्फिनको प्रयोग गरी डोज बनाएर सिरिन्जको माध्यमबाट शरीरका विभिन्न भागबाट नशासम्म पुर्याउने गर्दछन् । अभियुक्त विकलाई लागु लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट लागुऔषध मद्दामा म्याद लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->