बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कांग्रेस र एमाले दुई दलीय कास्की जिल्ला संयन्त्रद्वारा प्रधानमन्त्रीसंग भेट, पोखरामा अन्तराष्ट्रिय उडान सूचारु गर्न माग

कांग्रेस र एमाले दुई दलीय कास्की जिल्ला संयन्त्रद्वारा प्रधानमन्त्रीसंग भेट, पोखरामा अन्तराष्ट्रिय उडान सूचारु गर्न माग


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८१, शनिबार

पोखरा/ सत्तासीन नेपाली कांग्रेस र नेकपा एमाले कास्की जिल्लास्तरीय राजनीतिक संयन्त्रले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पोखरामा अन्तराष्ट्रिय बिमानस्थल सूचारु लगायत विभिन्न विषयमा छलफल गरेको छ ।

दुइ दलले चीनसंगको कोरला नाकामा हालैमात्र उद्घाटन भई बन्द हुन पुगेको अध्यागमन कार्यालयको व्यवस्थापन, भारत र चीन जोड्ने त्रिवेणी–कोरला सडक निर्माण, पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ सडक खण्डको निर्माण छिटो सक्नुपर्नेलगायत विभिन्न विषयमा छलफल भएको एमाले कास्कीका सचिव दर्शन लामाले बताए । उनका अनुसार दुवै दलले कास्की जिल्लाको महत्वपूर्ण बिकासका विषमयमा पनि कुरा राखेको र प्रधानमन्त्री ओली सकरात्मक रहनु भएको छ ।

आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा दुई दलले प्रधानमन्त्रीलाई भेटेका हुन् । नेपालले सन् २०२५ लाई पर्यटन वर्षको रुपमा मनाउन लागेको छ । तर पोखरामा अन्तराष्ट्रिय उडान नहुँदा पर्यटन वर्षले पोखरामा कुनै उपलब्धी हुन नसक्ने भन्दै दुई दलले अन्तराष्ट्रिय उडानको सुरु गर्न भनेका हुन् । त्यसक्रममा प्रधानमन्त्री ओलीले पर्यटन वर्षमा पोखराको पर्यटनको प्रवद्र्धन अपरिहार्य रहेको भन्दै चीनबाट सिधै पोखरासम्म नियमित उडानका लागि आफुले सक्दो प्रयास गर्ने बताएका थिए । पोखरामा अन्तराष्ट्रिय उडानका लागि सक्दो प्रयास भइरहेको भन्दै ओलीले कोरला नाका, त्रिवेणी–कोरला सडक निर्माण र पोखरा–मुग्लिङ सडकको काम छिटो सक्न आवस्यक पहलकदमी गर्ने बताएको लामाले जानकारी दिए ।

प्रधानमन्त्रीसंगको भेटमा एमाले नेता एवं गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, सामाजिक बिकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, कांग्रेस महासमिति सदस्य माया बराललगयातको सहभागिता थियो । यसैगरी एमाले कास्कीका इन्चार्ज कृष्ण थापा, अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, सचिव दर्शन लामा, कृषि तथा भूमी व्यवस्थामन्त्री पद्मा जिसी श्रेष्ठ, भाैतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->