चितवन / चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर सडक किनारमा पल्टिएको थियो । चामल बोकेको सो ट्रक पल्टिँदा चार जना च्यापिएर बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ‘च्यापिएका चारजनामध्ये दुई जनालाई उपचारका लागि भरतपुर ल्याइएको छ र अरु दुई जना च्यापिएकै अवस्थामा छन्,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले भने ।





