बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कास्कीमा १० जना उद्यमीलाई सम्मान

कास्कीमा १० जना उद्यमीलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८१, सोमबार

पोखरा/कास्कीमा अगुवा १० जना उद्यमीलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा युवा व्यवसायी विधाबाट पोखरा नुडल्स/फुड्स प्रालिका श्रीराम पाण्डे, ठूला उद्योग, अधिक उत्पादन तथा रोजगार विधाबाट सुजल फुड्स प्रालिका सुनिल श्रेष्ठ, पुस्तान्तरण पुराना व्यवसाय निरन्तरता विधाबाट गण्डकी ह्युम पाइप/गण्डकी जीआई वायर इन्डष्ट्रि प्रालिका प्रतिक अधिकारी, पर्यटन क्षेत्र विधाबाट रुपाकोट रिसोर्टका पुष्पराज अधिकारी, नविनतम प्रविधि विधाबाट गोशली प्रिनिटङ प्याक प्रालिका सुनिल गोशली, वातावरण संरक्षण विधाबाट हिमालयन लाइफ प्लाष्टिक उद्योगका प्रकाश भारती, हस्तकला विधाबाट जय सन्तोषी माताकी पम्फा थापा, कृषि विधाबाट कृषि पालुङ पोल्ट्री एण्ड फिसरीका डा. आशेष भट्टराई र स्टार्टअप व्यवसायी विधाबाट गाजा वेकरी तथा बिस्कुट उद्योगका चानसिंह श्रीस सम्मानित भएका छन् ।
उनीहरुलाई गण्डकी प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, मन्त्रालयका सचिव कुमानसिंह गुरुङ र उद्योगा वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मी लगायतका अथितिहरुले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->