पोखरा/मंसिरको चौथो साता कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव हुने भएको छ । हरेक वर्ष यही बेला लान्द्रुकका हनी हन्टिङ फेस्टिभल हुन्छ । स्थानीय कोटेसाङको भिरमा रहेका मौरीको मह काढ्ने गरिन्छ । करिब एक शताब्दीपहिले लान्द्रुकेले भिरमौरीको मह काढ्ने गरिन्छ ।
मंसिर २२–२४ मंसिरसम्म हुने उक्त महोत्सवमा हनी हन्टिङको ऐतिहासिक एवं सांस्कृतिक महोत्सवबारे जानकारी एवं हनी हन्टिङ अभ्यासबारे विचार विमर्शसमेत गरिने छ आयोजक समितिका अध्यक्ष सुरेश गुरुङले जानकारी दिए । महोत्सवमा भिरौटेको सम्मान, स्थानीय लोकबाजा प्रवद्र्धन, साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, विभिन्न व्यक्ति एवं संघसंस्थालाई सम्मानलगायतका कार्यक्रम पनि तय गरिएको छ ।





