शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पत्रकार महासंघ कास्कीमा बराल निर्वाचित

पत्रकार महासंघ कास्कीमा बराल निर्वाचित


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०८१, शनिबार

पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार माधव बराल बिजयी भएका छन् । शुक्रबार सम्पन्न भएर शनिवार बिहान सकिएको मतगणना अनुसार बरालले १०५ मत पाए । उनका प्रतिस्पर्धी प्रेस सेन्टरसहितको गठबन्धनका राजेन्द्र अधिकारीले ९६ मत पाए ।

यसैगरी उपाध्यक्षमा युनियन चौतारी गठबन्धनका माधवप्रसाद रेग्मी ९० मत पाएर बिजयी भए । प्रेस सेन्टरसहितको गठबन्धनबाट उपाध्यक्ष बनेका श्रीराम सिंग्देलले ७७ मत ल्याए भने युनियनबाट बिद्रोह गरेर उठेका कमल पौडेलले ३५ मत पाए । त्स्तै उपाध्यक्ष महिलामा युनियन, चौतारीबाट उठेकी कन्चन थापाले १०९ मतसहित बिजयी भइन भने सेन्टरकी बिनाकुमारी थापाले ८७ मत पाइन् । सचिवमा भुपाल गुरुङ (युनियन, चौतारी) ले १०२ मत ल्याएर बिजयी बन्दा सेन्टरका सन्देश श्रेष्ठले ९८ मत पाउन सफल भए । समावेशी सहसचिवमा धनबहादुर गुरुङ (युनियन, चौतारी) १२६ मतसहित बिजयी भए भने सेन्टरका दिलप्रसाद गुरुङले ७२ मतमा चित्त बुझाउनु पर्यो । सहसचिवमा मधु अधिकारी (युनियन, चौतारी) ले ११८ मतका साथ बिजयी बन्दा सेन्टरका श्रीभद्र पौडेलले ८० मत पाए ।

कोषाध्यक्षमा (युनियन, चौतारी) का राजाराम पौडेलले ११७ मत ल्याएर बिजयी भए भने सेन्टरका सुरेश अधिकारीले ८० मत पाए । सिंगो कार्यसमितिमा युनियन, चौतारीको जीत हुँदा एकमात्र महिला सदस्यमा सेन्टरकी कविता घर्तीमगर १०१ मत ल्याएर बिजयी भइन् । उनको प्रतिस्पर्धी देवीका तामाङले भने ९४ मत पाइन । यसैगरी गरी दलित सदस्यतर्फ युनियन चौतारीका सुरेश सुनारले १४३ मत ल्याएर बिजयी भन्दा प्रतिद्वन्द्वी सन्तोष परियारले ५१ मत पाए । सदस्य (आदिवासी जनजाती) मा पुनम थापामगर र अन्य समावेशी सदस्यमा सूर्य परियार निर्विरोध भएका थिए ।

यसैगरी खुला ८ सदस्यमा अर्जुन (सुशान्त) गाहा (१५१ मत), गौरव त्रिपाठी (१४३), राजु गिरी (१३२), बालकुमारी पौडेल (१२९), सन्तोष सुवेदी (१२८),रिखिराम जिसी (११७), तुलसीराम सुवेदी (१०७) र निराजन अधिकारी (१०६) मत ल्याई बिजयी भए । उनीहरु सबै युनियन, चौतारी प्यानलका हुन् ।

राष्ट्रिय परिषद् सदस्यमा आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट), दिननाथ बराल, कृष्णमणि बराल, भरत कोईराला र राजबहादुर गुरुङ निर्वाचित भए । बिजयी मध्ये दिननाथ बराल सेन्टरका हुन भने कृष्णमणी बरालले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->