सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

२ करोड बढीको कारोबार, पौने २ करोड ऋण लगानी

२ करोड बढीको कारोबार, पौने २ करोड ऋण लगानी


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८१, शुक्रबार

बागलुङ/राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. बागलुङको १४ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलले सहकारीका सात सिदान्तलाई व्यवहारिक रुपमा अनुशरण गरेमा सहकारीमा समस्या नआउने बताए । सहकारीमा अहिले धैर्यता आवश्यकता रहेको चर्चा गर्दै सुवेदीले फराकिलो सोच राखेर सहकारी सदस्यहरुलाई उद्यमशीलतामा रुपान्तरित हुन सुवेदीको अनुरोध छ ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता राम चन्द्र शर्मा र उत्कृष्ट कारोबार गर्ने सदस्य हरिप्रसाद पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा शेयर सदस्यहरुको तर्फबाट बद्रीप्रसाद शर्मा पौडेल, नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष श्याम कुमार थापा मगर, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तेज प्रसाद निउरेले शुभकामना व्यक्त गरेका थिए ।
२ सय ८१ शेयर सदस्य रहेको सहकारीमा शेयर रकम ६१ लाख ११ हजार, कुल वचत १ करोड १४ लाख, ऋण लगानी एक करोड ७१ लाख, कुल कारोबार २ करोड १४ लाख रहेको छ ।
साधारणसभामा स्वागत मन्तव्य सहकारी संस्थाका उपाध्यक्ष सरस्वती देवी रेग्मी, संचालन सचिव सोमराज पाण्डेय र कार्यक्रमको अध्यक्षता कृष्णप्रसाद आर्चायले गरेका थिए ।
साधारणसभामा कोषाध्यक्ष माधव शर्माले प्रस्तुत गरेको आ.व. ०८०।८१ को आयव्यय बिबरण एवं आ.व. २०८१।८२ को प्रस्तावित आर्थिक प्रतिवेदनमाथि छलफलबाट सुझावसहित पारित भएको छ । त्यसैगरी सचिव सोमराज पाण्डेयको २०८०।८१ को वार्षिक प्रतिवेदन एवम् चालु आ.व. २०८१।८२ को लागि प्रस्तावित वार्षिक कार्यक्रमहरु छलफलबाट पारित भएको छ । साथै, संस्थाले सदस्यता कार्यविधि २०८१, वचत कार्यविधि २०८१, ऋण व्यवस्थापन कार्यविधी २०८१ पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->