सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पतन्जली योग शिविरद्वारा पत्रकार सम्मान

पतन्जली योग शिविरद्वारा पत्रकार सम्मान


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८१, शनिबार

बागलुङ/पतन्जली योग शिविर र महिला समिति बागलुङले पत्रकार सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ बागलुङको आठौं जिल्ला अधिवेसनबाट निर्वाचित अध्यक्ष राम थापा अविरल, उपाध्यक्ष सुवास आचार्य र सिर्जना पन्त, सचिव नारायण रिजाल, सहसचिव नवराज परियार सहितका पदाधिकारीलाई शिविरले सम्मान गरेको हो ।
शुक्रबार आयोजित एक कार्यक्रममा शिविरका अध्यक्ष तथा प्रशिक्षक हिराबहादुर केसी र समितिका अध्यक्ष सहितका पदाधिकारीले पत्रकार सम्मान गरेका हुन् । उक्त अबसरमा केसीले पत्रकारिता हतारको काम भएकोले पत्रकार सँधै तनाबमा रहनुपर्ने बताए । तनाब व्यवस्थापनकालागि योग अभ्यास गर्नुपर्ने आवस्यकता पनि औल्याए ।
कार्यक्रममा महासंघका अध्यक्ष राम थापा अविरलले स्वस्थ्य पत्रकार महासंघको पनि चाहना रहेकोले योग लगायतका अभ्यासमा पत्रकारलाई लगाउन पहल गर्ने बताए ।
उनले कामलाई व्यवसायिक बनाउने र खुसी रहने अभियानमा लागेकोले योग सहितका सबैखाले सुखी र खुसी हुने अभ्यासमा पत्रकार सहभागि हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->