सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित

नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८१, मंगलबार

बागलुङ/नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । इटहरीमा भएको नेपाल जेसिजको ५१ औ महाधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठ बागलुङ जेसीजका पूर्वअध्यक्ष समेत हुन् ।
चार जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको लागि ८ जनाको उम्मेदवारी परेको थियो । श्रेष्ठले ६ सय ८३ मत प्राप्त गरी विजयी भएका हुन् । यस्तै गणेश सापकोटा, एलिना महर्जन र कृष्ण सापकोटा राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा विजयी भएका छन् ।
यस्तै नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छिन् । थापाले ७ सय ६२ मत प्राप्त गरी विजयी भएकी हुन् । उनले जीवन कार्कीलाई पराजित गरिन । प्रत्याशि कार्कीले ४ सय ५३ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सन्दिप खत्री निर्वाचित भएका छन् । खत्रीले सर्वाधिक मत १ हजार ६८ प्राप्त गरेर विजयी भएका हुन् । राष्ट्रिय उपाध्यक्षमा दिपक अधिकारी, धनराज कंडेल, सुजन थापाकाजी, संगम कार्की बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्जवल काबरा, सुवास गौतम, राधव कोइराला र मनि प्रसाद अर्याल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->