सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मिसन नेपाल कृषि सहकारीको सातौं वार्षिक साधारणसभा

मिसन नेपाल कृषि सहकारीको सातौं वार्षिक साधारणसभा


  • ढोरपाटन संवाददाता
  • पुष १० २०८१, बुधबार

बागलुङ/मिसन नेपाल कृषि सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाले सहकारी क्षेत्रको विकृति विसंगतीलाई अन्त्य गर्नुपर्ने सरकारलाई सुझाव समेत दिएको छ ।
पछिल्लो समय सहकारी क्षेत्रमा विकृति बढेको र राम्रो काम गर्न खोज्ने सहकारी समेत बदनाम हुनु परेको भन्दै राज्यले विकृति भित्रिएका सहकारीको पहिचान गर्न सक्नुपर्ने अध्यक्ष दलसिङ खत्रीले बताए ।
साधारणसभाको उद्घाटन गर्दै खत्रीले कमजोरी गर्नेले कारवाही भोगे मात्रै सबै क्षेत्रमा सुधार आउने पनि बताए । उनले कृषि उत्पादन र बजारीकरणमार्फत शेयर सदस्यको आर्थिक विकास गर्ने लक्ष्यले सहकारी संचालन भएको बताए ।
साधारणसभामा सहकारीका सचिव धनबहादुर खत्री र कोषाध्यक्ष दिलीप केसीले आर्थिक वर्ष २०८०÷०८१ को प्रगती प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरेका थिए । कोषाध्यक्षको प्रतिवेदन अनुसार आ.व. २०८०÷०८१ मा ५८ लाख ९८ हजार ८ सय रुपैयाँ शेयर पूजि संकलन गरेको, सोही अबधिमा ४८ लाख २४ हजार ९ सय ७२ रुपैयाँ बचत गरेको र ४२ लाख कर्जा लगानी गरेको तथ्यांक छ ।
सहकारीले ४५ हजार रुपैयाँको जगेडा कोष समेत बनाइसकेको छ । साथै सहकारीले राष्ट्रिय सहकारी बैंकमा १० हजार र कृषि सहकारी संघमा ५ हजारको शेयर लगानी गरेको बताइएको छ । हाल यो सहकारीमा ३ सय ३२ जना शेयर सदस्य छन् ।
साधारणसभामा शेयर सदस्यहरु रिता खड्का कार्की, गीतादेवी शर्मा र धनमाया कार्की सम्मानित भए । साथै, उत्कृष्ठ कारोवार गर्नेलाई पनि पुरस्कार दिइयो । जसमा चल्तीतर्फ उत्कृष्ठ बचतकर्ता लीला सार्की, मुद्दतीतर्फ लीलाकुमारी केसी, असल ऋणी निर्मला घलानलाई पुरस्कृत गरिएको प्रबन्धक कोपिला कुमारी खत्रीले जानकारी दिइन् । सहकारीका अध्यक्ष दलसिंह खत्रीको अध्यक्षता, सचिव धनबहादुर खत्रीको संचालन र प्रबन्धक कोपिला खत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभाको अबसर पारेर सहकारीले शेयर सदस्यलाई विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->