सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कांग्रेसको बागलुङको नगर भेला सकियो

कांग्रेसको बागलुङको नगर भेला सकियो


  • ढोरपाटन संवाददाता
  • पुष १० २०८१, बुधबार

बागलुङ/नेपाली कांग्रेसले शुरु गरेको सय दिने संगठन सुदृढीकरण अभियानअन्र्तगत बुधबार बागलुङ नगरपालिकामा नगर भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगरभित्रका १४ वटै वडाका सभापतिले एक वर्षभरीको कार्यक्रमबारे रिर्पोटिङ गर्नुको साथै पार्टी नेतृत्वलाई सुझाव पेश गरेका छन् । उक्त अबसरमा वडाका सभापति तथा प्रतिनिधिले जिल्लाका नेताहरु पालैपालो वडामा जान पनि सुझाव दिएका छन् । संगठन अभियानका लागि एकएक गरेर जान र गुट उपगुटको भावना नदेखाउन पनि सुझाव दिएका थिए ।
कार्यक्रममा वडा नं. १ का सभापति तेजेन्द्र आचार्य, वडा नं. २ का अमरबहादुर खड्का, वडा नंं ३ का निसान खड्का, वडा नंं ४ का कावा सभापति किरण कँडेल, वडा नं. ५ का फुलप्रसाद सापकोटा, वडा नं. ७ का शसिधर उपाध्याय, वडा नं. ८ का छमबहादुर कार्की, वडा नं. ९ का बद्री शर्माले प्रतिवेदन पेश गरेका थिए ।
त्यस्तै वडा नं. १० का डिल्ली रिजाल, वडा नं. ११ का थपबहादुर थापा, वडा नं. ११ का कोपिलामणी शर्मा, वडा नं. १२ का चन्द्रबहादुर केसी र वडा नं. १४ का सुमन भुषालले प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले संगठन निर्माणमा सबैले चासो दिने हो भने आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सकिने बताइन् ।
नेपाली कांग्रेस बागलुङ नगर सभापति उमाकान्त शर्मा बाबुको अध्यक्षता, सचिव कृष्ण शर्माको संचालन र उपाध्यक्ष प्रदिप गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन कांग्रेसका गण्डकी प्रदेश कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, जिल्ला सभापति जितबहादुर शेरचन, पूर्व सभापति दिपेन्द्रबहादुर थापा, प्रदेश सांसद डिल्लीराम सुवेदी, क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा, प्रदेश सभापतिहरु दलबहादुर श्रीष र हरिबहादुर जिसी सन्तोष, सबै भातृसंगठनको तर्फबाट नेपाल शिक्षक संघका अध्यक्ष उमाकान्त पौडेल तथा महाधिवेसन प्रतिनिधि सिताराम रसाइलीले पनि शुभकामना मन्तव्य राखेका थिए ।
धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययनरत उत्कृष्ठ नतिजा ल्याउने नेविसंघका सदस्यहरु बिमला रिजाल, सुनिल गौतम, रक्षा शाहलाई सम्मान गरिएको थियो । रिजाल बिबिएतर्फ गण्डकी प्रदेशमै उत्कृष्ठ भएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->