
बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन जैमिनी नगर कमिटिको अध्यक्षमा केशवराज शर्मा निर्वाचित भएका छन् । बुधबार जैमिनी नगरपालिका–५ बिनामारेमा सम्पन्न संगठनको तेस्रो नगर अधिबेशनले शर्माको नेतृत्वमा २६ सदस्यीय नगर कमिटि निर्वाचित गरेको हो ।
संगठनको उपाध्यक्षमा लेखनाथ पौडेल, महिला उपाध्यक्षमा सीता शर्मा, सचिवमा रामु पौडेल, कोषध्यक्षमा कुलराज पौडेल सहसचिवमा मञ्जु श्रीस र सहकोषाध्यक्षमा कृष्ण कुमारी श्रीष निर्वाचित भएका छन् । सदस्यहरुमा आनन्द कुमारी शर्मा, सावित्रा छन्त्याल, डोलराज पौडेल, टिका शर्मा, कृष्ण प्रसाद पौडेल, गोविन्द अधिकारी, दिपेन्द्र पौडेल, मिन बहादुर श्रीस, कृष्णा थापा, सिन्दु ओली र कृष्णराज पन्त निर्वाचित भएका छन् । उनीहरु सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।
अधिबेशनको उद्घाटन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य मनकुमारी केसीले शिक्षक पेशालाई मर्यादित र समाजको ऐनाका रुपमा प्रस्तुत गर्नुपर्ने बताईन् । उनले देशको बिकासमा शिक्षकहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै हरेक राजनीतिक परिवर्तनमा शिक्षकहरुले गरेको योगदानको राज्यले मुल्यांकन गर्नुपर्नेमा जोड दिईन् ।
नेकपा एमालेका केन्द्रिय सदस्य डा. सूर्य पाठकले शिक्षकहरुलाई पनि पेशागत मर्यादामा बसेर बोल्ने तथा बिचार राख्ने स्वतन्त्रता रहेको बताए । उनले वर्तमान राजनीतिक परिस्थिती र शिक्षक तथा कर्मचारीले भोग्नुपरेका समस्यमा एमालेका एजेण्डाको बिषयमा जानकारी समेत गराए । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री, नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण पाठकले प्रदेश सरकारले तयार गरेका कनून तथा त्यसको प्रभावका बिषयमा जानकारी गराए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सावित्रा राना, सल्लाहकार परिसद सदस्य नवराज पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङकी अध्यक्ष गंगा कुमारी शर्मा, पेशागत महासंघ बागलुङका अध्यक्ष मुकुन्द शर्मा, एमाले बागलुङका पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा, एमाले जैमिनीका अध्यक्ष देवेन्द्र रेग्मी लगायतले बोलेका थिए ।





