सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जैमिनीको कुश्मिसेरामा राजमोको आमसभा

जैमिनीको कुश्मिसेरामा राजमोको आमसभा


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८१, बिहिबार

बागलुङ/संघियता बिरोधी देशव्यापी आन्दोलन कार्यक्रम सफल पार्ने अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चा बागलुङले जैमिनी नगरको कुश्मिसेरामा आमसभा सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गदैं राष्ट्रिय जनमोर्चा केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियता लागि संघीयता घातक रहेकाले यसको खारेजी आवश्यक रहेको बताए । उनले नेपाल जस्तो ऋणी मुलुकमा कुनैपनि दृष्टिकोणले संघीयता उपयुक्त नभएकाले यसको खारेजीका लागि आन्दोलनमा होमिनु परेकोमा जोड दिए ।
नेपाल जस्तो ऋणी मुलुकमा कुनै पनि दृष्टिकोणले संघीयता उपयुक्त नभएकाले यसको खारेजीका लागि जनमोर्चाले काठमाण्डौं केन्द्रित आन्दोलनको शुरुवात गरेको उनले बताए ।
कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्क्ष लक्ष्मी बासकोटा, राष्ट्रिय जनमोर्चाको बागलुङका जिल्ला अध्यक्ष तिलक थापा, जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा जैमिनी नगर पालिका अध्यक्ष दिल बहादुर श्रीसको अध्यक्षता, राष्ट्रिय जनमोर्चा नगरपालिका सचीव ठाकुरप्रसाद शर्माको स्वागत र राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला सचीव भिमलाल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->