बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरामा सडक महोत्सव सुरु (फोटो फिचर)

पोखरामा सडक महोत्सव सुरु (फोटो फिचर)


  • लालप्रसाद शर्मा
  • पुष १३ २०८१, शनिबार

पोखरा/  पोखरा रेष्टुरेन्ट एन्ड बार एसोसियशन अफ नेपाल (रेवान) पोखराको आयोजनामा शनिवारदेखि सडक महोत्सवको २६ औं संस्करण सुरु भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गरे । फेवाताल किनारको कोमागाने पार्कमा भएको उद्घाटन कार्यक्रमका अवसरमा झन्डै ३ किलोमिटर टाढाको खहरेबाट विभिन्न जातजाती, आमा समुह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतको उपस्थितीमा साँस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो ।

सडकमै खाऔ, सडकमै नाचौ र सडकमै रमाऔ भन्ने मुल नाराका साथ सुरु महोत्सव लोपोन्मुख कला संस्कृति, धर्म, जातजाति, मौलिक तथा रैथाने खाना एउटै थलोमा ल्याएर प्रवद्र्धन गर्ने माध्ययम बनेको महोत्सवका संयोजक विकास भट्टराईले बताए । साथै कृषि तथा हस्तकलालाई पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ पोखरा सेरोफेरो तथा देशका विभिन्न स्थानमा उत्पादित कृषि उपज तथा सामाग्रीलाई बजारीकरण गर्नका लागि निशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ५ दिनसम्म चल्ने महोत्सवमा लेकसाइडका विभिन्न ४ स्थानमा स्टेज बनाएर विभिन्न झाँकी, लोकसंगीत देखि आधुनिक ब्यान्ड बाजा, नृत्यका साथै समसामयिक बिषयमा आधारित टक सो कार्यक्रम पनि आयोजना हुनेछ । सडकमै मनोरंजनात्मक खेलकुदहरु जस्तैः वेटर रेस, रस्साकसी, बोट रेस र विभिन्न रमाइल खेलहरु समावेश गरिएको छ । लेकसाइडको ३ किलोमिटर क्षेत्र अहिले दुलहीझै सिंगारिएको छ ।


महोत्सवको अवसरमा होटल संघ पोखराले २० प्रतिशत, टानले २५ प्रतिशत, प्याराग्लाईडिङमा १० प्रतिशत, रेष्टुरेन्टले १० प्रतिशत छुटको व्यवस्था गरेका छन । महोत्सव रेवान पोखराले आयोजना गरे पनि यो सम्पूर्ण पोखरेलीले अपनत्वमा गएको र अव पोखरा महानगरले पनि यसको अपनत्व लिएर अघि बढ्नुपर्ने आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलले बताए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->